जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
टोकियो। जापानमा घरपरिवारलाई एक सातासम्म पुग्ने खाना, पानी तथा आपत्कालीन सामग्री तयार राख्न आग्रह गरिएको छ। विपद् व्यवस्थापनमन्त्री गोशी होसोनोले कम्तीमा तीन दिन र सम्भव भएसम्म सात दिनका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न आह्वान गरेका हुन्।
प्रकाशित समाचारअनुसार, मन्त्री होसोनोले अक्टोबर २६ मा फुजी टेलिभिजनको अनलाइन कार्यक्रममा विपद् आउनुअघिको तयारीमा जोड दिँदै खाना, पानी र आपत्कालीन शौचालय तयार राख्न आग्रह गरेका थिए। उक्त आह्वानपछि सामाजिक सञ्जालमा ठूलो भूकम्प आउन लागेको हो कि भन्ने चिन्तासमेत देखिएको समाचारमा उल्लेख छ।
तर, उक्त आग्रह कुनै निश्चित भूकम्प वा विपद् तत्काल आउने चेतावनीका आधारमा गरिएको होइन। ......
जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
टोकियो, १७ अक्टोबर। जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। जापानको अध्यागमन सेवा एजेन्सीले अक्टोबर १६ मा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को जुन महिनाको अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या ४२ लाख ८१ हजार २६ पुगेको छ।यो संख्या सन् २०२५ को अन्त्यको तुलनामा १ लाख ५५ हजार ६३१ अर्थात् ३.८ प्रतिशतले बढी हो।
जापानमा बसोबास गर्ने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन्। कुल विदेशी जनसंख्यामा चिनियाँ नागरिकको हिस्सा २१.९ प्रतिशत छ। त्यसपछि भियतनामी नागरिक १६.२ प्रतिशत र दक्षिण कोरियाली नागरिक ९.५ प्रतिशत रहेका ......
जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
टोकियो। जापानमा कुल जनसंख्याको पाँच प्रतिशतभन्दा बढी विदेशी नागरिक रहेका स्थानीय तहको संख्या पाँच वर्षमा अढाई गुणाले बढेको छ। आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको सन् २०२५ को जनगणनाअनुसार यस्तो संख्या सन् २०२० मा ५३ रहेकामा बढेर १३२ पुगेको हो।
तथ्यांकले ठूला सहर र औद्योगिक क्षेत्रसँगै पर्यटन तथा कृषिमा आधारित ग्रामीण क्षेत्रमा पनि विदेशी बासिन्दाको उपस्थिति बढ्दै गएको देखाएको छ। जापानमा विदेशी नागरिकको संख्या कीर्तिमानी ३८ लाख ४० हजार पुगेको छ, जुन कुल जनसंख्याको ३.१ प्रतिशत हो। अघिल्लो जनगणनामा यो संख्या २७ लाख ४० हजार थियो। पाँच वर्षमा विदेशीको संख्या करिब ४० ......