एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि
टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन आगामी अगस्ट १० र ११ तारिख आयरल्याण्डको राजधानी डब्लिनमा आयोजना हुने भएको छ। सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पराजुलीको प्रमुख आतिथ्य रहने जानकारी दिएका हुन्। उनले वर्तमान राजनीतिक...
जापानले इन्टरनेट गतिमा ऐतिहासिक कीर्तिमान कायम गर्यो
टोकियो,जापान। जापानले हालै १.०२ पेटाबिट प्रति सेकेन्डको अत्यन्तै उच्च इन्टरनेट गति हासिल गर्दै विश्वकै नयाँ कीर्तिमान बनाएको छ। यो गति यति तीव्र छ कि नेटफ्लिक्सको सम्पूर्ण सामग्री करिब एक सेकेन्डमै डाउनलोड गर्न सकिने स्तरको मानिन्छ। यो उपलब्धिले इन्टरनेट प्रविधि कति तीव्र रूपमा विकसित हुँदैछ भन्ने स्पष्ट देखाएको छ। अति–छिटो डेटा ट्रान्सफर र कनेक्टिभिटीको क्षेत्रमा जापानले विश्वव्यापी नयाँ मापदण्ड स्थापित गरेको...
जापानको आस्कुल कम्पनीमा साइबर आक्रमण: करिब ७ लाख ४० हजार डेटा चुहावट
टोकियो,जापान। जापानको कार्यालय सामग्री खुद्रा कम्पनी आस्कुल (Askul) ले अक्टोबरमा पत्ता लागेको र्यान्समवेयर साइबर आक्रमणका कारण करिब ७ लाख ४० हजार सेट डेटा चुहावट भएको पुष्टि गरेको छ। चुहावट भएका डेटा व्यक्तिगत ग्राहक, कर्पोरेट ग्राहक तथा कर्मचारीसँग सम्बन्धित रहेको कम्पनीले शुक्रबार जनाएको हो। कुल चुहावटमध्ये करिब ५ लाख ९० हजार सेट डेटा कर्पोरेट ग्राहकका लागि सञ्चालन हुने कार्यालय सामग्री बिक्री...
ओसाका एक्स्पोपछि चर्चा बढेको ‘मानिस धुने मेसिन’ अब टोकियोमा, यामादाले बिक्रीमा ल्याउने तयारी
टोकियो/जापान। ओसाका एक्स्पोमा प्रदर्शनीपछि विश्वभर चर्चामा आएको मानिस धुने ‘Human Washing Machine’ अब बजारमा आउने निश्चित भएको छ। जापानको प्रमुख इलेक्ट्रोनिक्स समूह यामादा होल्डिंग्सले टोकियोको इकेबुकरोस्थित आफ्नो मुख्य स्टोरमा उक्त मेसिन प्रदर्शन र अनुभवका लागि राखिने घोषणा गरेको छ। कम्पनीका अनुसार डिसेम्बर २५ देखि मिराई ह्युमान वासिङ मेसिन ( Mirai Human Washing Machine)नाम दिइएको मेसिनको डेमो मोडेल सर्वसाधारणका लागि उपलब्ध...
टोकियोको यामानोते रेलमार्ग संचालनको एक शताब्दी पुरा
टोकियो,जापान। पूर्वी जापान रेलवेज (जेआर ईस्ट – JR East) ले टोकियोको प्रसिद्ध यामानोते लूप लाइन रेलमार्ग सञ्चालनको सयौं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। राजधानीको केन्द्रीय भागलाई समेट्ने ३४.५ किलोमिटर लामो यो रेलमार्ग सन् १९२५ मा पूर्णमा बनेको थियो। इकेबुकुरो स्टेशनबाट रेट्रो डिजाइनको रेल चलाउँदै गरिएको कार्यक्रममा बालबालिकादेखि अभिभावकसम्म सहभागी भएका थिए। यात्रुहरूले पुरानो डिजाइनको रेलले पुराना...
केडीडीआईले सन् २०२६ मा एआई आधारित नयाँ सर्च इन्जिन ल्याउने
टोकियो,जापान। जापानको प्रमुख दूरसञ्चार कम्पनी केडिडिआई कर्पोरेशन(KDDI Corporation)ले गुगल क्लाउडसँगको सहकार्यमा आगामी सन् २०२६ को वसन्तदेखि नयाँ पुस्ताको जेनरेटिभ एआई (Generative AI) सर्च इन्जिन सेवा सुरु गर्नेछ। कम्पनीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार यो परियोजना “भविष्यको खोज प्रणाली” बन्ने लक्ष्यका साथ तयार गरिएको हो, जसले प्रयोगकर्तालाई केवल जानकारी खोज्न होइन, संवादमार्फत उत्तर पाउन सक्ने सुविधा दिनेछ। यो प्रणालीमा गुगल क्लाउड (Google...
जापानको रेलवे कम्पनीले वुलेट ट्रेनमा यात्रुहरूका दृश्य फुटेज एआईले विश्लेषण गर्ने तयारी
टोकियो,जापानको जेआर सेन्ट्रलले तोकाइदो बुलेट ट्रेन(सिनकान्सेन)मा जडान गरिएका सुरक्षा क्यामेराबाट यात्रुहरूको फुटेजलाई कृत्रिम बौद्धिकता (AI) प्रणालीमार्फत विश्लेषण गर्ने योजना बनाएको छ। यो परीक्षण नोभेम्बर १ देखि नोभेम्बर १४ सम्म दुई सातासम्म सञ्चालन हुनेछ। कम्पनीले सेप्टेम्बर ३० देखि आफ्नो वेबसाइटमा यसबारे सूचना प्रकाशित गरेको भए पनि औपचारिक प्रेस विज्ञप्ति भने जारी गरेको छैन। यसले यात्रुहरूलाई पर्याप्त पूर्वजानकारी दिइएको कि दिइएन भन्ने...
टोकियोको यामानोते रेल लाइन सञ्चालनको १००औँ वार्षिकोत्सव तयारीमा,नयाँ डिजाइनका रेल सञ्चालनमा
टोकियो,जापान। टोकियोको यामानोते रेल लाइनले आफ्नो सेवा सञ्चालनको १००औँ वार्षिकोत्सव मनाउने तयारीका क्रममा, ईस्ट जापान रेलवे कम्पनीले अघिल्ला पुस्ताका रेल मोडेलहरूबाट प्रेरित नयाँ ‘रेट्रो डिजाइन’ भएका रेलहरू सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार, स्मारक स्वरूप सञ्चालनमा आएका यी दुई रेलहरूमा पुराना १०३ सिरिज र २०५ सिरिज रेलका डिजाइनहरू पुनः प्रयोग गरिएका छन् । यी रेलहरू आगामी नोभेम्बर ३ सम्म सञ्चालनमा...
जापानमा उच्च गतिको शिन्कानसेन सञ्चालनमा आउने, नागोया र टोकियोको यात्रा अब ४० मिनेटमा,सिटहरु पनि विशेष
नागोया,जापान। जापानले टोकियो र नागोया बीच सञ्चालन गर्न लागेको नयाँ उच्च–गतिको म्यागलेभ (Maglev) शिन्कानसेन रेल अब यात्रुका लागि थप सहज र फरक अनुभव हुने भएको छ। सेन्ट्रल जापान रेलवे कम्पनीका अनुसार यो रेलमा नझुक्ने (non-reclining) सिट मात्र रहनेछ, जसले यात्रुका खुट्टा र झोलाका लागि बढी ठाउँ उपलब्ध गराउनेछ। कम्पनीले सिटको पछाडिको भागलाई १५ डिग्रीमा स्थिर राख्ने निर्णय गरेको छ,...
जापानी समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डको मान्यता
टोकियो/जापान। जापानको गहिरो समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिएको छ। जापानी अनुसन्धान जहाज चिक्यु ले गत वर्ष गरेको ड्रिलिङमार्फत विश्वकै सबैभन्दा गहिरो वैज्ञानिक समुद्री ड्रिलिङको रेकर्ड कायम गरेको हो। चिक्यु जहाजको उपकरणले समुद्री सतहदेखि ६ हजार ८ सय ९७ दशमलव ५ मिटर तलबाट ड्रिल सुरु गरी, समुद्री सतहभित्र थप ९८० मिटर प्वाल पार्यो। यसरी जहाजको ड्रिल पाइपको कुल...

