जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
हिमेजी, जापान। नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जापानको ह्योगो प्रिफेक्चरस्थित हिमेजी सहरमा आगामी नोभेम्बर ८ तारिख आइतबार ‘देउसी–भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना हुने भएको छ। नेपाली साझा समाज हिमेजीको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाली मौलिक देउसी–भैलो, धमाकेदार नृत्य, लोकगीत, संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित गायिका पवित्रा सारु...
जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
टोकियो/जापान। जापानमा यस वर्ष इन्फ्लुएन्जा (फ्लु) को संक्रमण सामान्यभन्दा निकै चाँडै सुरु भएको छ। अगस्टमै महामारी सुरु भएको मानिने स्तर पार गरेको संक्रमण सेप्टेम्बरभरि लगातार बढेको छ। स्वास्थ्यसम्बन्धी तथ्यांकअनुसार अगस्ट १७ देखि २३ सम्म देशभरका निगरानीमा रहेका चिकित्सा संस्थामा औसत संक्रमित संख्या प्रति संस्था १ दशमलव ११ जना पुगेको थियो। यो सन् १९९९ मा हालको तथ्यांक संकलन प्रणाली सुरु...
धादिङको विकट गाउँदेखि टोकियोसम्म : भारी बोक्ने किशोरबाट सफल व्यवसायी बनेका केशव अधिकारी
ठमेलमा कहिले भारी बोके, होटलमा भाँडा माझे, जापानमा घर भत्काउने मजदुरी गरे र आज जापानमा आधा दर्जन व्यवसाय सम्हाल्दै नेपालमा लगानी विस्तार गरिरहेका छन् केशव अधिकारी । धादिङको एउटा सामान्य गाउँबाट काठमाडौं छिरेका १३- १४ वर्षका किशोरसँग ठूलो पुँजी थिएन, न त उनिसंग भविष्यको स्पष्ट खाका नै। थियो त केवल अभावले चाँडै सिकाएको मेहनत र जीवन बदल्ने चाहना। – ती...
अनेसास जापानद्वारा जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट सम्पन्न
टोकियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा वरिष्ठ जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट कार्यक्रम टोकियोमा सम्पन्न भएको छ। केही दिनयता जापानका विभिन्न शहरमा सांगीतिक प्रस्तुतिमा व्यस्त रहेका गायक शर्माले यस कार्यक्रमलाई अन्य भेटघाटभन्दा फरक, आत्मीय र सिर्जनशील अनुभवका रूपमा लिएको बताए। औपचारिकताभन्दा सिर्जना, संगीत र साहित्यलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले शर्माका सांगीतिक...
जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक
टोकियो। जापान भ्रमणमा आउने विदेशी पर्यटकले यसअघि अनुमान गरिएभन्दा निकै बढी चामल(भात)खाने गरेको नयाँ सरकारी तथ्यांकले देखाएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुलाई २७ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को अध्ययनअनुसार, विदेशी पर्यटकले जापान बसाइका क्रममा प्रतिदिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्। यो करिब ४ वटा सामान्य आकारका भातका कचौरा बराबर हो। यसअघि मन्त्रालयले विदेशी...
गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिले “तीज धमाका–२०२६” आयोजना गर्ने
टोकियो। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा “तीज धमाका–२०२६” आयोजना गर्ने भएको छ। विदेशी भूमिमा नेपाली भाषा, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमबाट बचत हुने रकम शिक्षा क्षेत्रमा सहयोग गर्ने...
धादिङ समाज जापानद्वारा अगस्ट ३० तारिख, बार्बेक्यु कार्यक्रम आयोजना गरिने
टोकियो। जापानमा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ समाज जापानले अगस्ट ३० (आइतबार) वार्षिक बीबीक्यू (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम चिबा प्रिफेक्चरको इचिकावा स्टेशन नजिक रहेको साकुराचुचुमी पार्कमा बिहान १०:०० बजेदेखि साँझ ४ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन पुरुषका लागि ३,५०० येन, महिलाका लागि ३,००० येन तथा विद्यार्थीका लागि २,५०० येन सहभागिता शुल्क निर्धारण गरिएको छ।...
जापानमा विदेशी बासिन्दाका लागि भिसा तथा स्थायी बसोबास शुल्कमा ठूलो वृद्धि गर्ने तयारी
टोकियो,जापान। जापान सरकारले विदेशी नागरिकसँग सम्बन्धित अध्यागमन सेवाको शुल्क उल्लेखनीय रूपमा बढाउने तयारी गरेको छ। जापानको अध्यागमन सेवा एजेन्सी (ISA) ले शुक्रबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को आदेश (क्याबिनेट अर्डर) को मस्यौदाअनुसार बसोबासको अवधि थप्ने (भिसा नवीकरण) तथा बसोबासको स्थिति (Residence Status) परिवर्तन गर्ने शुल्क हालको ६ हजार येनबाट बढाएर १० हजारदेखि ७५ हजार येनसम्म पुर्याइने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार शुल्क बसोबास...
लोकसंगीतको उत्सव आज टोकियोमा: ‘प्रथम जापान लोक तारा २०२६’सँगै अम्बर बिरही गुरुङ सांगीतिक साँझ
टोकियो,जापान। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाको आयोजनामा हुन गइरहेको ‘प्रथम जापान लोक तारा २०२६’ तथा ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। कार्यक्रम आज जुन १४ तारिख आइतबार दिउँसो २:३० बजेदेखि बेलुका ९ बजेसम्म टोकियोस्थित मेगुरो कुमिन सेन्टर मा भव्य रूपमा आयोजना हुँदैछ। कार्यक्रमका मुख्य आकर्षणका रूपमा राष्ट्रिय लोक तथा...
अम्बर बिरही गुरुङ जापान आइपुग्नुभयो, जुन १४ मा टोकियोमा सांगीतिक साँझ र लोक तारा फाइनल हुँदै
टोकियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक/सर्जक अम्बर बिरही गुरुङ जापान आइपुग्नुभएको छ। “अम्बर बिरही गुरुङ सांगीतिक साँझ” तथा “प्रथम जापान लोक तारा २०२६” मा सहभागी हुन उहाँ जापान आउनुभएको हो। यही जुन १४ तारिख आइतबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आयोजना हुने उक्त कार्यक्रमका लागि जापान आइपुग्नुभएका गुरुङलाई बुधबार नारिता अन्तर्राष्ट्रिय...

