पहिला आफ्नो सोच बदलौँ अनि घर, परिवार , समाज र राष्ट्र बदलिनेछ

सर्वभौम सत्ता सम्पन्न मुलुकका सर्वेसर्वा भनौ वा शर्वशक्तिमान जनता हुन्छन् ।देश, जनता र समाजको सेवा गर्छु भनी कुनै राजनीति दल वा स्वतन्त्र रुपमा उम्मेदवार भएर आएका ब्यक्ति नै जनताको अमुल्य मतको आधारमा जनप्रतिनिधिको रूपमा छनौट हुन्छन् र जिम्मेवारी पाउछन् ।त्यसैले त जनता जनार्दन भनिन्छ। अनि राज्य संचालनको विधि, बिधान, नीति नियम संरचना आदि राजनीतिले तय गदर्छ।भनिन्छ; सबैनीति भन्दा परिस्कृत...

भर्जिन रानी मौरी

म रिना केसी । घर बेनी ।  बुबा गाइड, आमा तरकारी ब्यापारी । मेरो बहिनी छ, म भन्दा ४ बर्ष कान्छी । बुबा आमा बिजी भएकाले बैनीको जिम्मेवारी मेरो थियो, स्कुल जाँदा उसलाइ तयार बनाउने, खाजा बनाउने स्कुल लाने, स्कुलबाट ल्याउने सबै गर्थेँ । मेरो बालापन बेनी मै बित्यो । बेनीको त्यही खोला, झरना, अरुले चराउँदै गरेको भेडा, च्याङ्रा...

हिँड्न नसक्ने दौडिन खोज्नेहरुको स्वार्थमा चलेका, जापानका नेपाली संघ-सँस्थाहरु

नेपालीमा एउटा प्रचलित उखान छ- ‘धेरै बिरालाले मुसा मार्दैन’ जापानको नेपाली समुदाय र यहाँ खोलिएको/ संगठित भएका सामाजिक संस्थाहरुको संख्या र प्रभावकारिता नियाल्न खोज्दा म यो उखान बारम्बार सम्झिन्छु । जसरी धेरै बिरालो भएको घरमा एक/अर्काले मारिहाल्छ भन्दा भन्दै मुसा उम्किन्छ त्यस्तै जापानका नेपाली समुदायका संघ संस्थाहरुले गर्नुपर्ने गतिविधिको प्रभावकारिता पनि एकले अर्काको मुख ताक्ने प्रवृतिका कारण असरल्ल परिरहेको...

कोरियामा, पत्रकार रबि लामिछानेसँगको विशेष अन्तरकृया कार्यक्रम भब्यताका साथ सम्पन्न

बिमल सिं लामा (दक्षिण कोरिया)                                    सिधा कुरा जनतासँग कार्यक्रमको प्रस्तोता तथा चर्चित लोकप्रिय पत्रकार रबि लामिछानेको उपस्थितिमा कोरियाको विभिन्न शहरहरुमा आयोजित बिशेष “Meet & Greet Rabi Lamichhane” बृहत् अन्तर्कृया कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । सेप्टेम्बर २४ तारिखमा जापान हुँदै कोरिया...

दुतावास र सरोकारवालाहरु केवल लास मात्रै गनिरहेका छन् कोरियामा !

प्रकाश यौन्जन/ दक्षिण कोरिया ।नेपाल  र कोरिया सरकार बिच सन २००७ मा भएको दुई पक्षीय श्रम सम्झौता पछि सन २००८ बाट  रोजगार अनुमति प्रणाली(इपिस)मार्फत कोरियन भाषा परिक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जान थालेका हुन् ।कम खर्चमा तुलनात्मक रुपमा बढी आम्दानी हुने कोरियामा पछिल्लो समय  युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा परिचीत रहदै आएको छ।बर्सेनि हजारौंको सङ्ख्यामा शिक्षित युवाहरू...

जापानका सिनसुइकोउएन(सीमसार बँगैचा)ले सम्झाएको बालापन

जापानका विभिन्न सहरहरूमा व्यस्त जीवन विताइरहनु भएका नेपाली दाजुभाइ दिदीवहिनीहरू सँग आज एक फरक अनुभव साट्ने जमर्को गरेको छु । फुर्सदको समयलाई सदुपयोग गर्ने आआफ्नै तरिका हुन्छन् । साथीभाइ इस्टमित्रसँगको भेटघाट,कुनै नयाँ ठाउँको घुमफिर,खानपिन,नाचगान आदि । प्रत्येका व्यक्तिका फरक फरक स्वाभाव र विशेषता भए पनि प्राकृतिक,शीतल,स्वच्छ,शान्त हरियाली वातावरण मन नपराउने मान्छे त संसारमा कमै होलान । नेपालमा पनि केही वर्ष...

परदेशी छोरालाई आमाको पत्र : फर्केर आउ छोरा म,तिम्रो बाटो हेरेर कुरेर बसेको छु

मेरो बाबु!मेरो प्राण!! म तिम्री आमा…✍ जीवनको सबैभन्दा ठुलो प्रसव पीडा सहेर आफ्नो जीवनलाई खुकुरीको धारमा राखि जीवन मरणको दोशाधबाट नयाँ जिवनको अनुभूति गरेको दिन तिमीलाई यस धर्तिमा पाइला टेकाउन सफल भए। ती प्रसबको सारा पिडा भुलेर एउटी भाग्यमानी नारीको रूपमा आफुलाई उभ्याएको थिए। जिवनमा म यति धेरै खुशी तब थिए जब तिमी मेरो काखमा रोहिरहेका थियौ। अहिले त तिमी रोएको त के...

दक्षिण कोरियाबाट ,हुनेवाला जीवन संगीनिलाई खुल्ला पत्र

अहिले फेसबुक ईमेल स्काईप अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो पत्रको कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनका भाबनाहरु तिम्रो कल्पना अनि तिम्राे सम्झनामा तिमी सामु पस्कने कोशिस गदैछु । मानब जीवनको यो अनन्त यात्रामा जन्मे देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्था देखी लिएर किशोराबस्था...

जापान आएर धंगधंग गर्दै भए पनि,आफै हिँड्ने प्रयत्न गरेको मान्छे लडेको देखेको छैन

मैले मेरो जापान बसाइँमा यहाँ बाट गम्भीर किसिमले अध्ययन अनुसन्धान गरेर धेरै मान्छेलाई उपयोगी हुने सामग्री तयार गर्न त सकेको छैन तर आफ्नो नियमित कामबाट बँचेको समयमा आफैले देखेका भोगेका सानातिना अनुभवहरु कहिलेकाहिँ सेयर गर्ने गरेको छु । मैले लेखनलाई पेशा त बनाएको छैन । तर आत्मसन्तुस्टिको विषय चाहिँ बनाएको छु । आज फेरि मैले विभिन्न सन्दर्भमा विभिन्न मान्छेसँग...

के नेपालीले प्रवासमा राजनीति गर्नुको औचित्य छ ?

हामी हरेक नेपाली आफ्नो र परिवारको सुन्दर भविष्य निर्माण गर्ने अभिलाषालेआफ्नो आमाको काँख, परिवारको साथ र प्यारो जन्म भूमी छोडि विदेश आउन बाध्य छौं। हामीलाई विदेशिन बाध्य पार्ने प्रमुख कारक तत्व भनेको देशमा रोजगारीको अवसर नहुनु नै हो ।रोजगारीको अवसर नहुनुको कारक भनेको अहिले सम्म देशमा भएको राजनीतिक द्वन्द र त्यसले उत्पन्न गराएको अस्थिर राजनीतक व्यवस्था साथै सरकारको फितलो...