बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते (अपडेट)

गलकोट, ३ माघ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ ।...

गोङ्गबु टोखाबाट नगदसहित १५ जुवाडे पक्राउ

काठमाडौं, ३ माघ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ५ लाख ३५ हजार ८४० रुपैयासहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको...

समाज परिवर्तनमा संगीतकाे भुमिका महत्वपूर्ण: गायिक मिलन नेवार

गीत- सांगीत अनुभूति र जीवन बिहानी भालेको डाक संगै  मेरा छिमेकि खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै  बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन...

काभ्रेली समाज, जापानद्वारा वेल्सन भारती उपचार्थ सहयोग रकम हस्तान्तरण

बनेपा । काभ्रे जिल्ला साविक पोखरी चौरी गा.वि.स. हाल चौरीदेउराली गाउँपालिका खार घर भएका वेल्सन भारतीको उपचार्थ काभ्रेली समाज , जापानले १ लाख ६३ हजार सहयोग हस्तान्तरण गरीएको छ । समाजले बिरामीको बुबाको अनुरोधमा सहयोग संकलन अभियान संचालन गरेको थियो। वेल्सन भाराती ६ बर्षकै कलिलो उमेरमा नै रक्त क्यान्सार जस्तो प्राणघातक रोगसंग लडिरहेको र परिवारको आर्थि अबस्था कमजोर भएकोले...

केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन

काठमाडौं, २ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैयाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शैयाको अस्पताल...

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

काभ्रेपलाञ्चोक, २ माघ । तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् लीलाबहादुर तामाङले बताए । “सङ्ग्रहालयमा...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

घोराही, २ माघ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा बुधबार बिहान साढे सात बजे तालाबन्दी गरेका हुन् । आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले माघ ३ गतेदेखि इमर्जेन्सी, प्रसूतिबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास...

चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा जापानमा २ नेपाली पक्राउ

टोकियो ।चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा २ नेपाली युवाहरु जापानमा पक्राउ परेका छन् । गत महिना २० तारिक टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा जापान प्रहरीले २ नेपाली युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ बर्षिय कमल बस्नेत र २२ बर्षिय सागर बैद्य रहेको जापान प्रहरीलाई उदृत गर्दै आसाही टेलिभिजनले जनाएको छ । समाचार अनुसार...

मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’

काठमाडौ, १ माघ । सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनघि मर्यादाक्रम पारित गरेको थियो ।...

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बोले अर्को झुट

काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए । यथार्थमा सम्पूर्ण भुक्तानी भइसकेर दुई वटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको खुलेको हो । ‘मैले जिम्मेवारी सम्हानुअघि २०७४ मंसिर...