{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591399136905","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591399136900","source":"other","origin":"gallery"}

टोकियो । शुक्रवार जापानभर ४१ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा थोरै घटेको हो । हिजो जापानभर ४३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार टोकियोमा २० जना, खानागावाकेनमा ६ जना,साईतामाकेनमा १ जना, चिबाकेनमा १ जना,गुन्माकेनमा २ जना, होक्काईदोमा ४ जना,ईसिखावाकेनमा १ जना, आईचिकेनमा १ जना र फुकुओकाकेनमा ५ जना संक्रमित पुष्टि भएका हुन् ।

शुक्रबार थपिएको संख्यासंगै, जापानभर हासम्म संक्रमितहरुको संख्या १७ हजार ७ सय २७ जना पुगेको छ । संक्रमित मध्ये  १५ हजार ४ सय ४९ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने ९ सय ३० जनाको निधन भएको छ ।

नोट: यो तथ्यांक्कमा नागासाकी पोर्टका संक्रमित तथा एयरपोर्ट क्वारेन्टाईनमा संक्रमित पुष्टि हुनेहरु समावेश छैन ।किनकि जापान सरकारले त्यसलाई जापानभित्र संक्रमित भनेर गणना गर्ने गरेको छैन ।

शुक्रबार टोकियोमा एकैदिन २० जनामा कोरोना संक्रमण, टोकियोमा संक्रमण तत्काल नघट्ने संकेत

बिहिबार जापानभर ४३ जनामा कोरोना संक्रमण, अघिल्लो दिनभन्दा दोब्बर वृद्धि

एनआरएनए जापानको नेतृत्वमा कोरोना परिक्षणका लागि अत्यावश्यक सामग्री बनाउने उपकरण नेपाल पुग्यो

शुक्रबार २७८ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या २९१२ पुग्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार