{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591360433746","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591360466286"}

टोकियो । गैरआवासीय नेपाली संघ जापानको पहलमा, सम्पूर्ण जापानवासी नेपालीहरुको सहयोगमा, कोरोना भाईरस परिक्षणका लागि अत्यावश्यक स्वाब निकाल्ने सुईरो बनाउने उपकरण नेपाल पठाईएको छ ।

केहिदिन अघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले, गैरआवासीय नेपाली संघको संयोजनमा रहने गरि, सो उपकरण खरिद गर्नका लागि अनुरोध गर्नुभएको थियो । सोहि अनुरुप एनआरएनए जापानले एक समितिनै बनाई अर्थ संकलन तथा सामान खरिद प्रकृया अगाडी बढाएको थियो । यस अभियानमा जापानमा रहेका अधिकांस नेपालीहरुले आफ्नो क्षमताअनुसार सहयोग गरे, जसका कारण अनुरोध गरेको छोटो समयमै सामान नेपाल पुगेको छ । सुरुवाती दिनदेखिनै लागि परिरहेका गैरआवासीय नेपालीसंघ जापानका अध्यक्ष देबिलाल भण्डारीका अनुसार, आज जनप्रतिनिधि महेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको एक टोलीसंगै उक्त उपकरण तथा अन्य आवश्यक सामग्रीहरु पठाईएको हो ।
संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठको जानकारी अनुसार, जापानी येन १३ लाख १२ हजार ४ सय ८० को ३ डि प्रिन्टिङ मेसिन तथा त्यसका लागि चाहिने सामाग्रीहरु पठाईएको हो । एनआरएनए जापानले उक्त सामग्री, जापानमै रहेका राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ता तथा सदस्य शुबास गुरुङ्को प्रत्यक्ष साथ तथा निगरानीमा खरिद गरि पठाएको हो ।
एनआरएनए संगै जापानमा रहेका अधिकांस नेपालीहरुको सहयोग रहेको यस कार्यमा, एनआरएनए क्षेत्रीय समितिहरु तथा एमआरआर लगायतका युवा समुहहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । सामान नेपाल पुगेपछि नेपालन्युजपोस्टसंग कुराकानी गर्दै एनआरएनए अध्यक्ष भण्डारीले जापानवासी नेपाली समुदायको साथ र सहयोगमा आफुहरुले छोटो समयमै सामान पठाउन सफल भएको भन्दै सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

सामान नेपाल पठाउनका लागि,एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, युवा उपाध्यक्ष नबिन निउरे, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगिता अधिकारी लगायतका पदाधिकारीहरु विमानस्थलसम्मै पुगेका थिए ।
प्रवक्ता श्रेष्ठका अनुसार केहिदिन भित्रैमा संकलित रकम तथा लागत लगायतका आर्थिक गतिविधिबारे पारदर्शीरुपमा जानकारी गराईने छ ।

तस्बिरहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार