
टोकियो । बिहिबार जापानका विभिन्न प्रान्तहरुमा गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै दोब्बरले वृद्धि भएको हो ।बुधबार जापानभर केबल २६ जना मानिसहरुमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
बिहिबार, टोकियोमा २८ जना, खानागावाकेनमा ६ जना,फुकुओकाकेनमा ६ जना र होक्काईदोमा ३ जनामा संक्रमण देखिएको हो ।
किन संक्रमित संख्यामा अन्तर देखिएको ? कतै त ४७ भनिएको छ नि ?
बिहिबार राती अबेर प्रसारण भएका केहि संचारमाध्यमहरुको समाचारमा हिरोसिमाकेनमा पनि १ जना संक्रमित भएको जनाएपनि सरकारी जानकारीमा भने अद्यवधिक गरिएको छैन । यसका साथै एयरपोर्टको क्वारेन्टाईनमा रहेका ३ जनामा पनि संक्रमण पुष्टि भएको बताईएको छ । यि सबै संख्या जोड्ने हो भने,बिहिबार संक्रमण पुष्टि भएको संख्या ४७ जना पुग्दछ । तर जापानले एयरपोर्ट क्वारेनटाईन तथा समुद्री जहाजहरुमा संक्रमितलाई आफ्नो संख्या मानेको छैन । सुरुवातको डायमण्ड प्रिन्सेजका यात्रीहरुलाई जापानभन्दा बाहिर संक्रमण भएको भनि गणना गर्ने गरेतापनि, नागासाकी पोर्टमा भेटिएका संक्रमितहरुको संख्या कहिँ उल्लेख गरेको छैन ।
विहिबार सम्ममा जापानभर संक्रमितहरुको संख्या १७ हजार ६ सय ८६ जना पुगेको छ । यसमा सबैभन्दा पहिला ठूलो संख्यामा संक्रमित भेटिएको डायमण्ड प्रिन्सेस क्रुजका यात्रीहरु पनि समावेश गरिएको छ । संक्रमित मध्ये १५ हजार ३ सय ४४ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय २५ जनाको निधन भएको छ ।
बिहिबार, जापानका ४३ वटा प्रान्तहरुमा संक्रमण शुन्य रहेको थियो ।
बुधबार जापानभर २६ जनामा मात्रै कोरोना संक्रमण, संक्रमणको उतार -चढाबले अवस्था सहज नबन्ने संके
बिहीबार ३३४ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या २६३४ पुग्यो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




