टोकियो/जापान । बिहिबार अगस्ट १३ तारिख जापानभर १,१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या बुधबारको तुलनामा बढेको हो ।

बिहिबार टोकियोमा २०६ जना,ओसाकामा १७७ जना,फुकुओकामा १४३ जना,आईची केनमा १०९ जना,खानागावा केनमा १२३ जना,ओकिनवा केनमा ९७ जना,साईतामा केनमा ५६ जना,चिबा केनमा ४६ जना,ह्योगो केनमी ४८ जना,क्योतोमा ३५ जना सहित ३७ वटा प्रान्तमा संक्रमण पुष्टि भएको छ ।

जापानमा हालसम्म संक्रमित संख्या ५४ हजार ३ सय १२ जना पुगेको छ । संक्रमित मध्ये १ हजार ८० जनाको निधन भएको भने ३६ हजार ७ सय ७० जनाले स्वास्थ्य लाभ लिएका छन् ।

बुधबार जापानभर ९७९ जनामा कोरोना संक्रमण,कुल संक्रमित संख्या ५२,१३९ पुग्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार