
टोकियो । बिहिबार जुलाई १६ तारिख, जापानमा कोरोना संक्रमण अप्रिल ११तारिख यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।
राती ११ बजेसम्मको अपडेट अनुसार, बिहिबार एकैदिन जापानको ४७ मध्ये ३१ वटा प्रान्तहरुमा ६२२ जना मानिसहरु संक्रमित भएका छन् । यो आपतकालिन् अवस्था घोषणा भएपछिकै सबैभन्दा ठूलो परिमाणको संक्रमण हो ।
बिहिबार टोकियोमा २८६ जना, खानागावा केनमा ४८ जना,चिबा केनमा ३२ जना, साईतामा केनमा ४९ जना,ओसाकामा ६६ जना,आईची केनमा २१ जना,क्योउतोमा १३ जना, ह्योगो केनमा १७ जना, होक्काईदोमा६ जना,आओमोरी केनमा १ जना,मियागी केनमा १४ जना,यामागाता केनमा १ जना,ईबाराकी केनमा २ जना,तोचिगी केनमा ५ जना,गुन्मा केनमा ३ जना,यामानासी केनमा १ जना,नागानो केनमा १ जना,गिफु केनमा २ जना, सिजुओका केनमा २ जना,मिए केनमा २ जना,सिगा केनमा १ जना,नारा केनमा ७ जना,ओखायामा केनमा २ जना,हिरोसिमा केनमा २ जना,यामागुची केनमा १ जना,खागावा केनमा १० जना,कोची केनमा १ जना, फुकुओका केनमा १६ जना,कुमामोतो केनमा १ जना, खागोसिमा केनमा ४ जना,ओकिनवा केनमा १ जना र एयरपोर्ट क्वारेन्टाईनमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पहिलो पटक फैलिएको संक्रमण लगभग शुन्यमा झारेको जापानमा यो दोस्रो पटक फैलिएको संक्रमण पहिले भन्दा अझ खतरनाक हुने सम्भावना रहेको छ । कारण यस पटक संक्रमितहरु मध्ये अधिकांसको कहाँबाट संक्रमित भएभन्ने नै खुल्न सकेको छैन भने अधिकाँस संक्रमितहरु २० देखि ३० वर्ष उमेर समूहका रहेका छन्, जो छोटो समयमै विभिन्न स्थानहरुमा पुगेका हुनसक्छन् ।
बिहिबार टोकियोमा एकैदिन २८६ जनामा कोरोना संक्रमण, एकैदिन पुष्टि भएको हालसम्मकै उच्च संख्या
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




