
टोकियो । मिई केनमा आईतबार सडक दुर्घटनामा मृत्यु भएकी सुजाता बास्तोलाको मंगलबार जापानको योक्काइचिमा अन्त्यष्टी सम्पन्न भएको छ ।
मंगलबार विहान अन्तेष्टी गर्नु अघि, श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । सभामा मृतक बास्तोलाका श्रीमान सुनिल आचर्य, दाजु नाता पर्ने प्रदिप बास्तोला, आचर्यका भिनाजु नाता पर्ने प्रकाश कोईराला, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कि सचिव बिष्णु घिमिरे , नागोया संयोजक श्याम शितल, कास्कि पोखरा समाज जापानका महासचिव कमल बास्तोला लगायतका करिब ७० जना भन्दा बढी नेपालीहरुको उपस्थिति थियो । त्यो संगै, बास्तोलाई ठक्कर दिने गाडिवाला परिवारबाट पनि दुई जना जापानीले शोक व्यक्त गर्न शोक सभामा सहभागिता जनाएका थिए ।
प्रहरीका अनुसार बास्तोलाले चेढेको स्कूटरले सहि दिशा दिन नस्कदा मिनि ट्रकको अगाड़ीको ढोकामा ठोकिएको कारण मत्यु भएको हो ।
कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार मृतक बास्तोलाको आगमि कानुनी प्रकृयाको लागि परिवारका सदस्यहरुसग सल्लाहगरी कास्कि पोखरा समाज जापानका महासचिव कमल बास्तोलालाई संयोजन गर्ने जिम्मा दिएको छ भने एनआरएन जापानको सहयोगमा बॉकि कार्य गरिने पनि बताउनु भयो ।
समाजले दुःखको घडीमा हामीलाई सहयोग गर्नु हुने सम्पूर्ण एनआरएन जापान सहित सबै सहयोगी संघसंस्थाहरुलाई कास्की पोखरा समाज जापान को तर्फबाट आभार ब्यक्त गरेको छ ।
स्मारण रहोस गएको महिना पनि जापान कै साईतामामा कास्की पोखराका सुविन सुबेदीको मस्तिष्कघातबाट मृत्यु भएको थियो ।
सडक दुर्घटनामा परी जापानको मिएकेनमा नेपाली युवतीको मृत्यु (अपडेट)
तस्बिरमा अन्तिम बिदाई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




