{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592108867600","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592108867597","source":"other","origin":"unknown"}

टोकियो । जापानको मिए केनको योक्खाईचीमा  आईतबार विहान गाडीको ठक्करबाट पोखरा १६ की  सुजिता बास्तोलाको निधन भएको छ ।

उनको श्रीमान सुनिल आचार्य श्रीमतीको मृत्युको खबरले बेहोस भएक छन् । कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार उहॉको परिवारसग सल्लाहगरी थप कदम चाल्ने बताउदै थप सहयोगका लागि काम शुरु भएको बताउनु भएको छ । महामारीको अवस्थामा दुखद घटनाले कास्कि समाज थप दुखि बनेको उहॉले बताउनु भयो ।

यस घट्नापछि सहयोगका लागि सहयोग गर्नु भएकोमा एनआएन जापानका उपध्यक्ष दिपक कार्की सचिव बिष्णु घिमिरे, एनआरएन जापानलाई धन्यबाद सहित सबैमा आभार ब्यक्त गर्नुभयो ।

डिपेन्डेन्ट भिषामा रहेका बास्तोला जापान आएको ६ महिना भएको छ ।

स्मरण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि स्थानमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।

जापानको नागोयामा गाडीको ठक्करबाट एक नेपाली महिलाको निधन

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार