टोकियो । बुधबार केहि नेपाली संचारमाध्यमहरुले, कोरोनाका कारण कम्पनी बन्द भएर,बिदा बसेका र कम्पनीले विदा भत्ता नदिएकोहरुलाई ३३ मान दिने भन्ने खबर प्रकाशित गरे । त्यो समाचार हेरेर, विश्वसनीयता बारे हामीलाई पनि धेरै जिज्ञासाहरु आए ।हामीले एनएचके अनलाईनमा प्रकाशित त्यो खबरलाई प्रकाशन गरेको थिएनौँ किनकि त्यो निर्णय नभई, मस्यौदा तयार गर्ने तर्फ उन्मुख भएको व्यहोराको समाचार थियो । वास्तवमा त्यो समाचार के थियो र हो के भन्नेबारे, जापानी भाषाका जानकार,अनुवादक जिज्ञान कुमार थापाले लेख्नुभएको यो सामग्री हेर्नुहोस्
स्वास्थ्य तथा रोजगार मन्त्रालयले, नँया कोरोना भाइरसको असरले कामदारलाई बिदा बस्न लगाउँदा पनि, सो बापत पाउनु पर्ने बिदा भत्ता नपाएकाहरुको लागि, मासिक ३३ मान येन अधिक्तम सम्म तोकि सम्बन्धीत कर्मचारीलाई दिने गरि कानून बनाउन मसौदा तयार गरी चालु संसदमा पेशगर्ने भएको छ।
कोरोनाको कारण बिदाबस्न बाध्य भएकाको लागी, कम्पनीले कर्मचारीलाई बिदा भत्ता रकम दिनेमा सरकारले पनि कम्पनीलाई केहि भाग अनुदान दिने नियम यसअघि बनाइएको थियो। यद्पि कम्पनीहरुले सरकारसंग उक्त रकमको लागी त्यति रुची देखाएनन् फलस्वरुप कामदारहरुलाई पनि रकम नदिइ आर्थिक चपेटामा पर्नबाट बचाउन यसो गर्न लागीएको हो।
यो मसौदा पास भएमा कम्पनी बिचमा नबसी कामदारहरुले प्रत्यक्ष अनुदान प्राप्त गर्न सक्नेछन। यस अघी मन्त्रालयले २६ तारिक बिशेषज्ञ टोलि बोलाई यो बिषयमा राय लिएको र यसै बमोजीम मसौदा तयार पारिएको हो।
लक्षित बर्ग भने साना तथा मझौला कम्पनीमा कार्यरत, कोरोनाको असरले बिदा बस्न परेका तर कम्पनीले बिदा भत्ता रकम नदिएका ब्यक्ति हरु हुनेछन। रकमको हकमा मासिक बढिमा ३३ मान सम्म र निजले प्राप्त गर्ने रकमको ८० प्रतिशत दिने प्रस्ताव छ।
निष्कर्ष : निर्णय भएको होईन, केबल मस्यौदा बनाई पेश गर्नेतर्फ उन्मुख भएको मात्र हो । त्यसबारे बहस चलेको हो । त्यसैले समाचारको हेडलाईनमा होईन अन्त्यसम्म पढौँ । विश्वसनीय एवं विज्ञहरुको समूहको राय/सुझावमा संचालन हुने मिडियाका समाचारहरु हेर्ने गरौँ ।
बुधबार टोकियोमा ११ जनामा कोरोना संक्रमण पुष्टि, बढ्नेक्रम जारी सतर्कता अप्नाऔँ( अपडेट)
थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ८८६ पुग्यो
कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




