{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585898344973","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585813601923","source":"other","origin":"unknown"}

टोकियो । शुक्रबार पनि टोकियोमा कोरोना भाईरसको संक्रमण बढेको छ । अपरान्ह ४ बजेसम्मको तथ्यांक्क अनुसार, शुक्रबार पनि ८५ जना भन्दा बढीमा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी भएको छ। आजको यो संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ७ सय ७३ जना पुगेको छ ।

यस्तै गरि जापानमा रहेका एक नेपालीलाई पनि कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । ईबाराकीकेनमा बस्दै आएका एक नेपालीलाई कोरोना भाईरस पुष्टी भई हाल, ईबाराकीकै चुकुबा हस्पिटलमा उपचार भईरहेको नेपाली राजदुताबासले जनाएको छ ।नेपालन्युजपोस्टले ,  अरु व्यक्तिहरुको सजगताको लागि उपयोगि हुनसक्छ भन्ने उदेश्यले संक्रमित नेपालीको पुर्ण विवरण मागेता पनि जापानको व्यक्तिगत सुचना गोपनीयताको पालना भन्दै थप जानकारी भने प्राप्त हुन सकेन ।

उनि नेपाली समुदायमा पुष्टी भएको पहिलो संक्रमित हुन् । दुतावासका अनुसार उनको अवस्था सामान्य छ ।

बिहिबार टोकियोमा एकैदिन ९५ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था गम्भीर बन्दै ( अपडेट)

टोकियोमा कोरोना संक्रमितको संख्या बुधबार पनि बढ्यो एकैदिन ६६ जना नयाँ संक्रमित पुष्टी ( अपडेट)

टोकियोमा मंगलबार ७८ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी, टोकियोमा जोखिम बढ्दो

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार