टोकियो । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ ।

एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी वाङदीलामालाई ५ सय ८५ मत ल्याउँदै ३४ मतको अन्तरले पराजित गर्नुभएको हो । लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका एक प्रत्यासी किरण वर्माले उम्मेदारी फिर्ता लिनुभएको थियो ।

यसै गरी वरिष्ठ उपाध्यक्षमा  अनिता गुरुङ निर्वाचित हुनुभयो भने  महासचिवमा जनकविक्रम शाही र सह कोषाध्यक्षमा श्रेष्ठ  एवं युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ ।

सदस्यमा रहेका मध्य राजेश खनाल सुपेन्द्र घिसिङ बाबुराम खराल कटवाल महेश कुमार डिलाराम गैरे सिबु थापा जिबन कुमार गुरुङ निर्वाचित भएका छ्न । आईसीसी सदस्य लगाएतका केही पदहरुमा भने निर्विरोध भएको छ ।

(नेपालजापानडटकमबाट )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार