‘कहिले यूएइमा कहिले दुबईमा क्रिकेट म्याच हुन्छ’ भन्ने रेणु दाहालजीको पो मानसीक अवस्था ठिक छ ।
महाको पागल त रवी लामीछाने मात्र हो ।

मानसीक अवस्था ठिक त उनीहरुको हुन्छ, जो पढाइरहेका शिक्षक र पत्रकारलाई रुखमा बाँधेर मार्छन् ।
सँकटमा परेका युवालाई उद्धार गर्ने रवी लामीछाने त पागल हो ।

मानसीक अवस्था ठिक त उनीहरुको हुन्छ, जो दर्जनौं बालबालीका चढेको बसमा बम पडकाउँछन् र तमाम अभिभावकहरुको खुशीलाई चिहानमा परिणत गर्छन् ।
दलालहरुको फन्दामा परेका कामदारको उद्धार गर्ने रवी त एक नम्बरको पागल हो ।

मानसीक अवस्था ठिक त उनीहरुको हुन्छ, जो लडाकुको राशनसमेत बाँकी नराखी हसुर्छन् ।
कालीकोटमा सामुदायीक अस्पताल बनाउने रवी लामीछाने त राँची नै लैजानुपर्ने खालको पागल हो ।

मानसीक अवस्था ठिक त उनीहरुको हुन्छ, जो एनसेलको कर मिनाहा गरेर कमाएको पैसाले छोरीका लागि करोडौको घर किनिदिन्छन् ।
गरीबको उद्धारमा खटिने सेवक रवी लामीछाने त इलेक्ट्रीक शक दिनैपर्ने खालको पागल हो ।

रेण दाहालजीले ठिक भन्नु भो, रवी पागल हो ।
रवीलाई साथ दिने करोडौं जनता पनि पागल हुन् । यो पागलहरुको बस्तीमा प्रचण्ड र उहाँको परिवार मात्र सद्धे हो ।

( यो सामग्री कुसुम कुसुमको फेसबुकवालबाट लिईएको हो )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार