लण्डन : बेलायतको एक जुम्ल्याहा दिदिबहिनीबारे धेरैलाई थाहा भइसक्यो ।

९५ वर्षीया लिलियान कक्स र डोरिस हबडे जुम्ल्याहा दिदिबहिनी हुन् । यस्तो बुढेशकालमा पनि उनीहरुको जीवनशैली धेरैलाई प्रेरक लाग्छ । उनीहरुको तन्दुरुस्तीबारे धेरैले जिज्ञासा पनि राख्छन् । उनीहरु योगा गर्ने र खानपानमा ध्यान दिएरै लामो समयसम्म तन्दुरुस्त बन्न सकेको बताउँछन् ।

जीवनको रहस्यबारे कक्स भन्छिन्, ‘लामो उमेर खुसी रहेर बाँच्नुको सामान्य रहस्य हो, नो सेक्स, टन्न बियर’ सुन्दा अनौठो लागे पनि उनीहरुको जीवनशैली यस्तै रोचक र सुखमय छ ।

१९२४ मा उनीहरु बर्मिंघममा जन्मिएका थिए । रोचक त उनीहरु अहिले पनि सामाजिक सञ्जालमा सक्रिय छन् । फेसबुकमा त जुम्ल्याहाले पेज नै बनाएका छन् । इन्स्टाग्राम, ट्वीटरमा पनि सक्रिय ।

गत जुलाइ २० मा उनीहरु ९५ वर्ष पुगेको उपलक्ष्यमा समारोह नै गरे । पछिल्लो समय यी बेलायती बृद्धाहरुलाई मिडियाले पनि पछ्याउन थालेका छन् । उनीहरु भने रोचक पारामा अन्तर्वार्ता दिन्छन् । आफ्नो जीवनशैलीको राजबारे खुलेर बोल्छन् । नियमित योगा गर्ने कक्सले जीवनको रहस्यबारे हालै पत्रकारहरुको जिज्ञासामा भनिन्, ‘नो सेक्स, लट्स अफ बियर’जुन सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार