राजन गौतम् / टोकियो । नेपाल जापान विच रहेको एेतिहासिक सम्बन्धलाई जनस्तरमा पुर्याउन गठन भएको जापान नेपाल फ़्रेण्डशिप सोसाईटिको हालै सम्पन्न बैठकले जापानी नयॉ युगको  घोषणासंगै नयॉ वर्षको योजनाहरु तय गरेको छ ।

जापान नेपाल सोसाईटिका अध्यक्ष तादासि यामागिसिको अध्यक्षतामा टोकियोमा सम्पन्न बैठकले गत वर्ष भएको कामहरुको समीक्षा एवं नयॉ युग रेईवामा गर्ने सकिने योजनाहरुका बारेमा प्रस्ताव गर्नु भएको थियो ।

अध्यक्ष यामागिसिले  जलविद्दुत र नेपालमा पाईने हिमालय जडिबुटी क्षेत्रमा लगानी  प्रस्ताव गर्नुभयो । त्यस्तै, सोसाईटिले जापान र नेपाल विच सहकार्य बढाउन जापानी नागरिकहरुको सहभागितामा जापानमा एउटा समिति र नेपालीहरुको सहभागितामा नेपालमा अर्को समिति निर्माणगरी ब्यवसाय, सामाजिक सहयोग एवं अनुभव र प्रविधिको आदन प्रदान गर्दै आईरहेको छ ।

सम्पन्न बैठक र योजनाहरुको बारेमा जानकारी दिदै सोसाईटिका उपध्यक्ष कर्पु शेर्पाले विगतको वर्षहरु जस्तै यस वर्ष पनि सोसाईटिले लगानीका लागि दुबै देशका लगानीकर्ताहरुलाई उपयुक्त क्षेत्रको छनौट, वतावरणको निर्माण एवं कानुनी सहायतासँगै अनुभवको आदनप्रदानलाई प्राथमिकता राखिएको जानकारी दिनु भयो  ।

शेर्पाले यस युगको शुरुआत संगै नेपालमा देखिएको राजनैतिक स्थिरता एवं लगानीको वतावरण उत्तम रहेकाले सोसाईटिको लक्ष्य अनुसारको योजनाहरुले मूर्तरुप लिने विस्वास ब्यक्त गर्नु भयो ।

सोसईटीले संस्थालाई व्यवसायिक सहजताका लागि अधिकतम उपयोगमा  ल्याउने बताउँदै नेपालमा यसको उपस्थिति दरिलो बनाउँदै  लैजाने योजनाहरु पारित गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार