काठमाडौं । नेपालमा शनिबार थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले शुक्रबार थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।
यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार ४०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १२४ नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीमा गरिएको परिक्षणमा २६ जना, धरानमा गएिको परिक्षणमा ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, नारायणी अस्पताल वीरगन्जमा ३ जना, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परिक्षणमा १४ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा २ जना नयाँ थपिएका छन् । जसमध्ये १२८८ पुरुष र ११३ महिला छन् ।
शनिबार संखुवासभा थपिएसँगै ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसअनुसार प्रदेश १ का ९ जिल्लाका १६० जना, प्रदेश २ का सबै ८ जिल्लाका ५४७ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४५ जना, गण्डकी प्रदेशका ५ जिल्लाका २० जना, प्रदेश ५ का ९ जिल्लाका ५४७ जना, कर्णाली प्रदेशका ३ जिल्लाका ६१ जना र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका २१ जना गरि १४ सय १ जना संक्रमित रहेका छन् ।
यस्तै शनिबार १३ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण जित्नेको सङ्ख्या २१९ जना पुगेको छ । शनिबार बुढानिलकण्ठका १ र टोखाका १ पाँचौ दिनमा निको भएर घर फर्किएको र बलम्बुबाट ११ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म ६ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




