
टोकियो । आईतबार जापान भर ३९ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो । केहि दिन यता घटेको संक्रमण आईतबार होक्काईदो तथा टोकियोमा साबिकभन्दा वृद्धि भएकाले समग्र संख्या बढेको हो ।
हिजो,होक्काईदोमा १५ जना, टोकियोमा १४ जना, खानागावाकेनमा ५ जना,सिजुओकाकेनमा १ जना, फुकुओकाकेनमा ३ जना र एहिमेकेनमा १ जनामा संक्रमण पुष्टि भएको हो । यसरी हेर्दा संक्रमण शुन्य रहेका प्रान्तहरुको संख्या भने बढेर ४१ पुगेको देखिन्छ भने, कम हुँदै गएको टोकियो तथा होक्काईदोमा भने संक्रमित संख्या बढेको छ ।
आईतबार थपिएको संख्यासंगै जापानभर हालसम्म संक्रमित संख्या १७ हजार ३ सय २० जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ४९ जनाले स्वास्थ्य लाभ लिएका छन् भने ८ सय ५३ जनाको निधन भएको छ ।
संक्रमितहरु घट्दैगर्दा, जापान सरकार आज बाँकी रहेको ४ प्रान्तहरुको आपतकाल हटाउने घोषणा गर्दैछ । देशभरको आपतकाल हटाउँदै गर्दा तत्काललाई नियन्त्रण भएजस्तो देखिएको संक्रमण फेरि बढ्ने हो कि भन्नेमा विज्ञहरुको चिन्ता र चासो बढेको पाईएको छ ।
आईतबार टोकियोमा कोरोना संक्रमित बढ्यो,१४ जनामा संक्रमण (अपडेट)
शनिबार पनि जापानभर संक्रमण घट्यो जम्मा २४ जना संक्रमित, १३ हजार जना भन्दा बढि निको भए
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




