काठमाडौं । झन्डै ६ हप्तापछि लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोल पुन प्रशारणमा आएको छ । तर, निर्देशकद्वय अर्जुन घिमिरे ‘पाँडे) र कुमार कट्टेल (जिग्री)सहितको २१ जनाको समूह भने नयाँ श्रृंखलामा हुने छैनन् ।

नयाँ भद्रगोलमा पाँडे र जिग्रीसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोइराला जस्ता चर्चित्र पात्रहरु अब भद्रगोलमा देखिने छैनन् ।

नयाँ भद्रगोलको श्रृंखलालाई ज्योति काफ्ले र अशोक धितालले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका छन् ।

ज्योति नक्कली बाबुराम भट्टराईको भूमिकाबाट चर्चित बनेका थिए । उनी सुरुवाती समयमा मधेसी युवाको भूमिकामा रहेका थिए । पाँडे समूहमा बाहुन डनको भूमिका निभाउँदै आएका अशोक धिताल यही टिममा हुनेछन् ।

गत साउन महिनापछि भद्रगोलको नयाँ श्रृंखला प्रशारण हुन सकेको थिएन । नयाँ सम्झौता गर्ने क्रममा भद्रगोलको कलाकार समुह र मिडिया हबबीच विविध विषयमा कुरा नमिल्दा नयाँ श्रृंखला उत्पादन हुन सकेको थिएन ।

https://www.youtube.com/watch?v=6WQ9ZSY1Hv0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार