हामी समाजबाद को नारा लगाऊँछौ तर कार्यान्वयन को पक्ष मा ध्यान दिँदैनौ ।
हाम्रो देशमा शासन ब्यवस्था परिवर्तन भएपनी, शसकको शासन पद्दती मा परिवर्तन हुन सकेको छैन । अझपनी हामी देख्न सक्छौ की एउटै समुदायमा हुर्केका बालबालीका मध्ये एक सामान्य बर्गमा हुर्केको बालक हिडेर स्कूल जान्छ ,उसका पुस्तक अनि ड्रेस सामान्य छ उसले खरको छानो मुनि जाड़ोंमा लूकलुक काँपदै,गर्मि मा पसीना कांड्दै संघर्ष गरेर पढ़ीरहेको हुन्छ जसले आधुनिक शिक्षा लीन पाऊँदैंन अध्यायन  पछि जागीरमा उसको योग्यता नपुग्ला किनकी उसले कम्यूटर चलाऊँन पाएको छैन अंग्रेज़ी मा पढन पाएको छैन, यदि योग्याता पुगि हाले पनि माथिसम्म पहुच पुग्दैन र उसलाई अयोग्य ठहराई रोज़गार को शिलशिला मा प्रदेशीन बाध्य  गराइन्छ । तर त्यही समुदायमा सम्पन्न परिवार मा हुर्केको सन्तान अध्यन गर्न बसमा जान्छ,उसले पढ़ने पूस्तक फ़रक छ उसले लाउने कपड़ा फ़रक छ  एसी सहित को ब्यवस्थित भवन मा निर्धक्क भइ उ आधुनिक शिक्षा लिएर सबैकुराको दक्षता हासिल गर्ने अवसर प्राप्त गर्छ उसले राम्रो  अवसर प्राप्त गर्छ यदि दक्षता नपुगेपनी उसले पहुँच  को अधार राम्रो  अवसर प्राप्त गर्दछ। यही क्रम जारी रहीरहने हो भने गरिव सधै गरिव नै रहन्छ धनी धनी नै रहन्छ ।

जव सम्म बिपन्न परिवार र सम्पन्न परिवार बीच को खाडल पुरिईँदैन  अर्थात यसरी सम्पन्न परिवार को सन्नतान र बिपन्न परिवार को सन्तान अध्यन गर्ने पुस्तक अनी बिधालय एउटै हुदैन तव सम्म हामीले परिकल्पना गरेको समाजवाद आऊँदैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार