{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594567063128","source":"other","origin":"unknown","sources":["324114193140211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594567063133"}

टोकियो/जापान । आईतबार ,जुलाई १२ तारिख पनि जापानभर कोरोना संक्रमण बढेको छ । राती ११ बजेसम्मको अपडेट अनुसार आईतबार जापानभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईताबर – टोकियोमा २०६ जना,साईतामा केनमा ३१ जना, चिबा केनमा ३१ जना, खानागावा केनमा २४ जना,ओसाकामा ३२ जना,होक्काईदोमा ४ जना,मियागी केनमा २ जना,ईबाराकी केनमा ३ जना, तोचिगी केनमा २ जना,फुकुई केनमा १ जना, नागानो केनमा १ जना,सिजुओका केनमा २ जना, मिए केनमा २ जना,सिगा केनमा २ जना,क्योउतोमा ८ जना,ह्योगो केनमा७ जना,नारा केनमा ५ जना,वाखायामा केनमा ५ जना,तोत्तोरी केनमा १ जना,हिरोसिमा केनमा १ जना,फुकुओका केनमा ५ जना,नागासाकी केनमा ४ जना,मियाजाकी केनमा २ जना, खागोसिमा केनमा ८ जना र एयरपोर्ट क्वारेन्टाईनमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म जापानभित्र कुल संक्रमित संख्या २१ हजार ९ सय ९१ जना पुगेको छ । संक्रमित मध्ये १८ हजार ३ जनाले स्वास्थ्य लाभ लिएका छन् भने ९ सय ८१ जनाको निधन भएको छ । यसका अलवा,डायमन्ड प्रिन्सेस पानीजहाजका यात्रु ७१२ जनामा संक्रमण भएको थियो जसलाई जापानको आन्तरिक संक्रमण मानिदैन । उक्त पानीजहाजमा संक्रमित मध्ये १३ जनाको निधन भएको थियो भने ६ सय ५८ जनीले स्वास्थ्य लाभ गरिसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार