{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593648235668","source":"other","origin":"gallery"}

टोकियो । जापानभर जुलाई १ तारिख बुधबार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा केहि घटेको हो ।
बुधबार सँधैजसो टोकियोमा सबैभन्दा धेरै ६७ जना,साईतामा केनमा १४ जना,ओसाकामा १० जना,खानागावा तथा चिबा केनमा ६/६ जना,होक्काईदो तथा फुकुओकामा ४/४ जना,तोचिगी केनमा ३ जना, सिगाकेन तथा क्योटोमा २/२ जना,यामानाशी, गिफु,मियागी,हिरोसिमा तथा खागोसिमा केनमा १/१ जना संक्रमित पुष्टि भएको हो ।
खास गरी टोकियोमा ह्वात्तै संक्रमितहरु बढेपछि पुन: आपतकालिन् अवस्था लागु हुने/नहुने विषयमा नियामक निकायहरु बिचमै छलफलको विषय बनेको छ ।

सरकारले, कस्तो निर्णय गर्छ भन्दा पनि,यो संकटबाट बच्न हरेक व्यक्ति/व्यक्तिले उच्च सतर्कता अप्नाउन जरुरी देखिन्छ । खासगरी सबै खुल्ला भयो भन्दैमा वेप्रवाह ठूला जमघट/नाचगान लगायतका गतिविधिहरुमा संलग्न नहुने, घर/अफिसमा राम्रो हावा प्रवाह हुने भेन्टिल्सनहरुको व्यवस्था गर्ने,धेरै मानिसहरुको भिडभाड हुने ठाउँमा सकभर नजाने ।आवश्यकता बाहेक घरबाहिर ननिस्किने, हात सावुन पानीले धुने,सेनिटाईज गर्ने आदि । यस्ता उपायहरु केहि समयलाई अप्नाउने नभई कोरोना पछिको नियमित दैनिकीमा रुपन्तरण गर्न जरुरी छ ।

टोकियोमा बुधबार एकैदिन ६७ जनामा कोरोना संक्रमण, फेरि जोखीम बढ्यो ( १४:३० बजेको अपडेट)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार