{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593130418017","source":"other","origin":"unknown"}

टोकियो । जापानको ठूलो मध्येको एक कन्भिनियन्स स्टोर लसनले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउने लक्ष सहित नयाँ क्यान्पेन ल्याएको छ ।

बुधबार कम्पनीले जानकारी गराए अनुसार, लसनका ग्राहकहरुले सेल्फ रेजी (ग्राहक आफैले हिसाव गरी पैसा तिर्न सकिने मेसिन) प्रयोग गरी सामान खरीद गरे हरेक खरीदमा २ प्रतिशत प्वाईन्ट प्रदान गरिनेछ । कोभिड-१९ को संक्रमण बढ्दै जाँदा, ग्राहक तथा पसलका कर्मचारीहरु बिच प्रत्यक्ष कुराकानी घटाउने उदेश्यले पसलमा रहेका सेल्फ रेजीको प्रयोगलाई प्रोत्साहन गर्नका लागि यसो गरिएको हो ।

जापानका अधिकांस स्टोरहरुले सेल्फ रेजी (ग्राहक आफैले हिसाव गरी पैसा तिर्न सकिने मेसिन) लाई प्रोत्सान दिईरह्का छन् । यसै सन्दर्भमा लसनले साबिक भन्दा प्वाईन्ट बढाएर ग्राहकहरुलाई प्रत्साहन गरेको हो । लसनमा यो क्यान्पेन बुधबार २४ जुनबाट सुरु भई अगस्ट ३१ सम्म कायम रहनेछ ।

हाल लसनको जापानभर रहेका १४ हजार ५ सय पसलहरुमा ७ हजार ५ सय सेल्फ रेजी(ग्राहक आफैले हिसाव गरी पैसा तिर्न सकिने मेसिन) हरु रहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार