{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593043440832","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593043449649"}

टोकियो । कोरोनाका कारण जापानमै रोकिएका तत्काल नेपाल जानैपर्ने प्राथमिकता सुचीको दोस्रो चरणमा परेका नेपालीहरुलाई आज बुधबार २५ तारिख स्वदेश पठाईएको छ ।
पर्यटन भिषामा आएका, विरामी, भिसा सकिएका लगायतका तत्काल नेपाल नगए थप समस्यामा पर्ने व्यक्तिहरुलाई चार्टड प्लेनबाट नेपाल पठाईएको हो । जापानबाट नेपाल पठाईएको यो दोस्रो चार्टड प्लेन हो । २ पटक गरि ५ सय जना भन्दा बढि नेपालीहरु स्वदेश फर्किएका छन् ।

गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार नेपाल जानेहरुसंगै, नेपालको राष्ट्रीय आविष्कार केन्द्रका महत्वपूर्ण उपकरणदेखि विभिन्न सर्वसाधारण व्यक्तिहरुको महत्वपूर्ण काग़ज़ातहरु पनि पठाईएको छ । जसलाई गैरआवासीय नेपाली संघ जापानका पदाधिकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार