{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591871062212","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591871062209","source":"other","origin":"unknown"}

दिपक गौतम ।कोरोना संक्रमणको प्रभावले तत्काल स्वदेश फर्कन नसकेका बिदेशी नागरिकहरुलाई लक्षित गरि जापानको अध्यागमन विभागले आवासीय स्थिति नबिकरण या परिवर्तन गर्न सक्ने गरि नया नीति अख्तियार गरेको छ।

विभागले आफ्नो होम पेज मार्फत सूचना जारी गर्दै कोरोनाका कारणले आफ्नो देश फर्कन नपाई समस्यामा परेका बिदेशीहरुलाई बैधानिक रुपमै जापानमा बस्न पाउने व्यवस्था मिलाउन विभिन्न आबासिय स्तिथि (भिषा स्टाटस) मा फेरबदल गर्न सकिने जानकारी दिएको हो । छोटो बसाइका लागि अनुमति पाएका (短期滞在)हरुलाई हप्तामा २८ घण्टा सम्म काम गर्न पाउने गरि ६ महिनाको भिषा दिने गरि नया नियम लागु गरेको हो । तर यो सेवा सबैले लिन भने सक्ने छैनन्। कस्ता व्यक्ति यसको दायरामा पर्छन त्यो उल्लेख गर्न भन्दा पहिला आवासिय स्थिति (भिषा स्टाटस) बारे जानकारी गराउदा बुझ्न सझिलो हुने हामीले अपेक्षा गरेका छौ।

छोटो बसाइ(短期滞在): यो भिजिट भिषा हो । पहिला यो आवासिय स्थितिको भिषा त्यस्ता व्यक्तिहरुले पाउथे जो जापानमा केहि समयका लागि प्रवेश गरेका हुन्। यो भिषा भएका व्यक्तिहरु संग एलेन कार्ड हुदैन, पासपोर्टमा टासिएको होलोग्राममै सबै भिषाको म्याद देखि अरु विवरणहरु राखिएको हुन्छ। पहिला छोटो समयका लागि जापान प्रवेश गरेकाले मात्रै यो स्टाटसको भिषा पाउने भए पनि पछिल्लो समय भिषा नबिकरण या परिवर्तन अस्वीकृत (रिजेक्ट ) भएका व्यक्तिहरुलाई पनि उपलब्ध गराउन थालिएको छ।

नबिकरण या परिवर्तनको दिएको निबेदन अस्वीकृत भए पछि घर फिर्तीको तयारीका लागि भन्दै अध्यागमन विभागले ३० दिन र ३१ दिनको तोकुतेइ खाचुदोउ (यसलाई ज्युन्बी भिषा पनि भनिन्छ) दिने गरेको थियो। ३० दिन को भिषा भनेको स्वदेश फर्कनुनै अन्तिम विकल्प हो भने ३१ दिनको भनेको घर फर्कने बाहेक, कम्पनि खोजेर वर्किङ्ग भिषामा परिवर्तन गर्न चाहेको खण्डमा उक्त अबधि (३१ दिन) भित्र पुनः आबेदन दिन पाउने अवसर पनि भएको स्टाटस हो।

पछिल्लो समय बिस्वब्यापी रुपमा कोरोनाको संक्रमण फैलन थाले पछि अध्यागमनले निर्देशन दिए पनि न १ महिनामा स्वदेश फर्कन सम्भब भयो न त ३१ दिन भित्र काम खोज्न या स्वदेश फर्कननै। घर फर्कन या नया काम खोज्न ३० या ३१ दिन मा सम्भब नहुने भए पछि अध्यागमन विभागले ९० दिनको भिषा जारि गर्न थालेको हो । ९० दिनका २ प्रकारका भिषा छन्, एउटा छोटो बसाइ(短期滞在,तानकि ताईजाई )र अर्को विशिष्ट गतिविधि(特定活動, तोकुतेइ खाचुदोउ )। तोकुतेइ खाचुदोउ भन्ने धेरै प्रकारको हुन्छ। शरणार्थीका आबेदन दिएकाहरु पनि यहि स्टाटस अन्तरगत बसेका हुन्छन । तर काम गर्ने अनुमति पाएकाहरु संग एलेन कार्ड हुन्छ, अरु संग हुदैन ।

त्यस्तै कलेज सकिएपछि जागिरको खोजीमा रहेका तर समय अपुग भएकाहरुले अध्यागमन विभागमा निबेदन दिएपछि काम खोज्न मागिएको थप समय स्वीकृत भएकाहरु पनि यहि तोकुतेइ खाचुदोउ अन्तर्गतनै आफ्ना गतिबिधि गरिरहेका हुन्छन। अर्को तोकुतेइ खाचुदोउ भनेको वर्किङ्ग भिषा हो, जुन भिषा जापानमै विश्वविद्यालय स्नातक गरेका र N 1 पास गरेका बिदेशीहरुले प्राप्त गर्न सक्छन।

तानकि ताईजाई भनेको छोटो अवधिका लागि उपलब्ध गराइएको भिषा जुन स्टाटस परिवर्तन गर्न मिल्दैन । ३० दिन र ३१ दिनको भिषा भएकाहरु सो अबधिमा स्वदेश फर्कन नसक्ने भए पछि सबैको स्टाटस ९० दिनको तानकि ताईजाईमा परिवर्तन गरियो तर ९० दिनको तानकि ताईजाईमा परिवर्तन गर्दा जापानमै बसेर कामको खोजि गर्न पाउने र घर फर्कन पर्ने व्यक्तिहरुबीच कुनै भिन्नता भएन, त्यसै माथि भिजिट भिषामा रहेकाहरुको स्टाटस पनि उही हुन गयो । यसरि भर्खरै स्कूल सकेर जापानमै रोजगार गर्न चाहने बिद्यार्थीहरु समेत यो अबशरबाट बन्चित हुने सम्भावना बढेपछि अध्यागमन विभागले पछिल्लो नीति अबलम्बन गरेको हो। यो कसरि पुष्टि हुन्छ भने, अध्यागमनले हालै ल्याएको तोकुतेइ खाचुदोउको नीतिमा यसै वर्ष (जनवरी, १ यता ) कलेज सकेका तर वर्किङ्ग भिषा रिजेक्ट भएर पछि तानकि ताईजाईमा परिवर्तनमा भएकाहरु मात्रै समाबेश गरिएको छ । यसको अर्थ अघिल्लो बर्ष कलेज सकेर अहिले तानकि ताईजाई भन्ने स्टाटसमा कोहि छ भने उसले त्यो व्यक्तिलाइ पछिल्लो नीतिले समेट्दैन। त्यसबाहेक प्राविधिक प्रशिक्षण र इंटर्नशिप अन्तर्गत जापानमा रहेकाहरु पनि पछिल्लो नीतिमा समाबिस्ट छन्।

तानकि ताईजाई बाट ६ महिनाको तोकुतेइ खाचुदोउमा स्टाटस परिवर्तन भए पछि नया काम खोजेर वर्किङ्गका लागि आबेदन दिन सकिने बताइएको छ तर अघिल्लो पटक भिषा अस्वीकृत भएको कारण अनुशार आबेदन लिने कि नलिने अध्यागमन विभागमा भर पर्ने छ ।

( गौतम ईमिग्रेसन ल फर्ममा कार्यरत छन्)

टोकियो ईमिग्रेसनमा बम बिस्फोटनको धम्की, शुक्रवार ईमिग्रेसन बन्द रहने

कोरोनाका कारण विदेशमा अलपत्र ५११ नेपालीको उद्दार

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार