{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591759601918","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591759601913","source":"share_action_sheet","origin":"gallery"}

दीपक गौतम/ समाचार टिप्पणी।जापानको टोकियो स्थित नेपाली दूतावासले नेपाल फर्कन चाहनेहरुको सूची सार्बजनिक गरे पछि जापानमा पनि ९१६ जना उद्दारको पर्खाइमा रहेको समाचारहरु सार्बजनिक भैरहेका छन् । यस अघि एनआरएनए जापानले पनि घर फर्कन चाहनेहरुका लागि आबेदन दिन भनेको थियो, त्यतिबेला झन्डै ३ हजार बढीले आबेदन दिएको एनआरएनए जापानका प्रबक्ता सिद्दार्थ श्रेष्ठले जानकारी दिए।

सरकारले उद्दार गर्न पर्ने अबस्थामा रहेका नेपालीहरुको विवरण पठाउन निर्देशन दिएपनि दूतावासले फर्किन चाहनेहरुको सूची पठाएको हो।

जापान यस्तो देश हो जसले स्वदेशी र बिदेशी नागरिकबीच कुनै विभेद नगरी हरेक प्रकारका राहातहरु उपलब्ध गराएको छ। मापदण्डमा परेका हरेक नेपालीहरुले पनि जापानी नागरिक सरहनै राहात पाएका छन् र आबश्यक सुबिधाहरु पनि लिएका छन्, चाहे ति बिद्यार्थीहरु हुन् चाहे कामदारहरु नै किन नहुन। भिषाको म्याद सकिएकाहरुको कोरोनाका कारणले स्वदेश फर्कन नसकेको कारण खुलाए मात्रै भिषा नबिकरण गरिदिएको छ। लामो समय भिषा नबिकरण गर्दा मात्रै पनि समस्या पर्ने आंकलन गर्दै मापदण्डमा परेका सबैलाई ६ महिना पार्ट टाइम काम गर्न पाउने गरि भिषाको स्टाटस परिवर्तन गर्ने व्यवस्थाको सुरुवात समेत भएको छ। के यस्तो अबस्थामा पनि जापानमा उद्दारको पर्खाइमा छन् त नेपाली ?

‘उद्दार गर्न पर्ने समस्यामा रहेका थोरै मान्छेहरु जरुर छन् तर आत्तिन पर्ने संख्या जापानमा छैन।’ एनआरएनए जापानका प्रबक्ता श्रेष्ठले भने ‘दूतावासले सार्बजनिक गरेको सूची फर्किन चाहेका व्यक्तिहरुको हुनुपर्छ।’ उनका अनुसार हस्पिटलमा भर्ना भएका केहि व्यक्तिहरु नेपाल फर्काउन पर्ने अबस्थामा छन्। भिजिट भिषामा जापान आएका व्यक्तिहरु जो नेपालमा नियमित औषधि खाइरहेका थिए उनीहरु पनि केहि समस्यामा परेको बताउदै श्रेष्ठले भने ‘तर यसको अर्थ उद्दारको पर्खाइ भन्ने होइन।’

कोरोनाको प्रभावले सबै भन्दा धेरै मर्का शरणार्थी भिषाका लागि आबेदन दिएका र भिजिट भिषामा जापान आएकाहरु परेका छन्। तर, तत्कालै उद्दार गरिहाल्नु पर्ने अवस्था भने होइन। यी दुइ स्टाटसमा जापान बसोबास गरिरहेकाहरुमा उस्तै २ ओटा समस्या छन्। एउटा, बिमा कार्ड हुदैन अर्को पार्ट टाइम काम गर्ने अनुमति हुदैन। बिमा कार्ड नभए बिरामी पर्दा उपचार खर्चिलो पर्न जान्छ भने पार्ट टाइम काम नपाउदा दैनिकी चलाउन कठिन हुन्छ। यी २ स्टाटसमा रहेकाहरु जापान सरकारले प्रदान गर्ने कुनै पनि राहत या सुविधाहरु पाउदैनन । त्यसो भए के दूतावासले सार्बजनिक गरेको सुचिमा परेका ९१६ जना यिनै स्टाटसका मानिसहरु हुन् त ?

‘दूतावासले हचुवाका भरमा सूची सार्बजनिक गरेको छ’ एनआरएनए प्रबक्ता सिद्दार्थ श्रेष्ठले भने ‘फर्किने चाहना सबैको हुन सक्छ तर को कुन समस्यामा परेकाले फर्किन चाहेको हो भन्ने दूतावासले छानबिन गरेर सूची पेश गर्नु पर्ने थियो।’ यसरि हचुवाका भरमा सूची पेश गर्दा वास्तविक पीडितले उद्दार नपाउने सम्भावना हुने श्रेष्ठले बताए।

जापान स्थित नेपाली दूतावासले भने भिषा रिजेक्ट भएका बिद्यार्थी तथा कामदार, भिजिट भिषामा जापान आएर फर्किन नपाएका र शरणार्थी भिषामा रहेकाहरु सूचीमा परेको बताएको छ। ‘हामीले अहिले नेपाल सरकार समक्ष पेश गरेको सुची नेपाल फर्कन चाहानेहरुको हो’ दूतावासका उपनियोग प्रमुख  कृष्णचन्द्र  अर्यालले भने  ‘उद्दार गर्नै पर्नेहरुको लिस्ट यो होइन ।’ सरकारले उद्दार गर्न पर्ने अबस्थामा रहेका नेपालीहरुको विवरण पठाउन निर्देशन दिएपनि दूतावासले फर्किन चाहनेहरुको सूची पठाएको हो।

कसको अवस्था कस्तो हो भन्ने कुरा सम्बन्धित व्यक्तिको राहदानी नहेरी थाह हुदैन तर दूतावासले अनलाइनमा आफ्ना समस्या ब्यक्त गरेकै भरमा सूची तयार पारेको छ। सरकारले ९१६ जनालाई नेपाल फर्काउने अनुमति दिएको खण्डमा प्रार्थमिकताका आधारमा फिर्ता पठाउने दुतावासको तयारी छ। जबकि पासपोर्ट हेरी भिषा छ कि छैन, या कुन स्टाटस हो, कुन स्टाटसका मान्छेहरुलाई उद्दार गर्नु पर्ने हो भन्ने कुरामा दूतावास आफै ‘क्लियर’ छैन । जापानबाट उद्दार गर्नै परे भिजिट या शरणार्थी भिषामा रहेका र स्वास्थ्य अवस्था कम्जोर भएकाहरु पहिलो प्रार्थमिकतामा पर्ने भए पनि दुतावासले अन्धाधुन्दा सूची पठाएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार