{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591750763964","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591750763943","source":"other","origin":"unknown"}

टोकियो । कोभिड-१९ को विश्वभर फैलिरहेको महामारीमा केहि जित हासिल गरेको जापानमा पछिल्ला दिन विद्यालय तथा विश्वविद्यालयहरु केन्द्रित गरि बम बिस्फोट गराउने धम्कीका ईमेलहरु आउने गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

जापान, विश्वकै उच्च शान्ति सुरक्षा कायम भएको मुलुकको अग्रसुचीमा छ । यहाँ आतंककारी गतिविधि तथा विष्फोटक पदार्थको उपलब्धता दुवै हालसम्म सतहमा देखिएका छैनन् । तथापी पछिल्ला केहिदिन यता यस्ता धम्कीहरु आउने गरेका छन् । पछिल्लो जानकारी अनुसार कान्तो क्षेत्रका ७ वटा विद्यालयहरुमा बम बिस्फोट गराउने धम्मकी आएको छ । ईबाराकी प्रिफेक्चर शैक्षिक बोर्डले सोमबार जनाए अनुसार,ईबाराकी प्रिफेक्चरको युकि सहरमा रहेको युकि हाईस्कुस तथा उशिकु सहरको उशिकु हाईस्कुल सहित कान्तो क्षेत्रका ७ वटा विद्यालयहरमा बम हमलाको चेतवानी सहितको मेल आएको हो ।

सिटी अफिसको अफिसियल वेबसाइटको  सोधपुछ् ठेगानामा प्राप्त उक्त ईमेलमा -‘जुन ९ तारिख  बिहान १०:२७ बजे कान्तोका विद्यालयहरुमा धमका गराउनेछु ‘ यद्यपी ९ तारिख कुनैपनि स्थानमा त्यस्ता घटना भने घटेको छैन ।

प्रहरीले त्यि सबै विद्यालयहरुमा खोजी गर्दा कतैपनि, शंकास्पद वस्तु तथा गतिविधि नभेटिएको जनाएको छ । यस अघि टोकियोका केहि विश्वविद्यालयहरुमा पनि यस्तै धम्कि आएको थियो । यद्यपी कतैपनि अप्रिय घटना भने घटेको छैन ।

आखिर जापानमा, शैक्षिकक्षेत्रहरु लक्षित गरि यस्ता ईमेलहरु किन र कहाँबाट आईरहेको छ भन्ने यतिखेर सरोकारवालाहरुमा चासो र अनुसन्धानको विषय बनिरहेको छ ।

मंगलबार ३२३ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या ४०८५ पुग्यो

मंगलबार टोकियोमा १२ जनामा कोरोना संक्रमण, संक्रमण घट्दोक्रममा(अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार