{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591594708093","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591594708105"}

टोकियो । कोभिड-१९ कारण लकडाउनमा परि आफ्नो कर्मथलो फर्किन नपाएकाहरुलाई सहजीकरण गर्ने नाममा चार्टर्ड फ्लाईट संचालाक ट्राभल एजेन्सीहरुले मनपरी महँगो भाडा लिई न्युनतम मानवियता पनि नदेखाएको भन्दै एनआरएनए जापानले एक विज्ञप्ति निकाली सो कार्यमा संलग्नहरुको भर्त्सना गरेको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले नेपालन्युजपोस्टसंग कुरा गर्दै भन्नुभयो- समस्यमा   परेका नेपाली दाजुभाईदिदीबहिनीहरुलाई सहज होस भनि, अनलाईन सर्वेक्षण गरि, राजदूतावास तथा आईसिसिको माध्यमबाट सरकारको ध्यानाकर्षण गराई, चार्डट अनुमती दिलाउनका लागि लागिपर्यौँ तर  व्यवसायीहरुले मनपरी भाडा तोकि झन समस्या थपिदिए, त्यसैले यसबारे सम्बन्धित सरोकारवाला निकायले अनुगमन गरि यस्ता कार्यमा संलग्न रहेकाहरुलाई कार्यवाही गरिनुपर्छ  । एनआरएनए जापानले जारी गरेको विज्ञप्ती जस्ता त्यस्तै

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार