
टोकियो । मंगलबार,२ तारिख जापानभर ५० जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो आपतकालिन् अवस्था हटाईएपछिकै धेरै हो ।
विज्ञहरुको परामर्शमा सरकारले कायम गरेको न्युनतम मापदण्ड पुगेकाले यानेकि संक्रमितहरुको संख्या घटेको तथा स्वास्थ्य सेवा प्रणालीमा भार कम परेको लगायतका कुराहरुलाई मध्यनजर गर्दै, सरकारले आपतकालिन् अवस्था हटाएको थियो । तर पछिल्ला केहि दिन यता टोकियो तथा फुकुओकाको कितक्युसुमा संक्रमणको दोस्रो चरण देखा परेको छ । संक्रमण शुन्य तथा १/२ जनाको दरमा झरेका ठाउँमा हाल दैनिक ३४ जना सम्म संक्रमित देखिन थालेको छ ।
अत्यधिक संक्रमण देखिएको टोकियोमा भने हिजो रातीदेखिनै ‘ टोकियो अलर्ट’ जारी गरिएको छ । महानगरकी गभर्नर कोईके युरिकोले टोकियोमा दोस्रो चरणको संक्रमण बढ्न लागेको भन्दै यस्तो अलर्ट जारी गरेकी हुन् । संक्रमित संख्या अझै बढ्दै गएमा मानिसहरुको प्रत्यक्ष जमघट हुने, रेस्टुरेन्ट तथा ईजागायहरु पुन बन्द गर्न आग्रह गरिनेछ ।
मंगलबार, टोकियोमा ३४ जना, फुकुओकामा ६ जना, होक्काईदोमा ३ जना, तोचिगीकेनमा १ जना,खानागावाकेनमा ३ जना, चिबाकेनमा १ जना, यामानासीकेनमा १ जना र आईचिकेनमा १ जनामा संक्रमण देखिएको हो ।
मंगलबार थपिएको संख्यासंगै जापानभर हालसम्म संक्रमितहरूको संख्या १७ हजार ६ सय १७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार १ सय ३४ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय १६ जना मानिसहरुको निधन भएको छ ।
मंगलबार २८८ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या २०९९ पुग्यो
सोमबार जापानभर ३६ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा मात्रै २९ जना संक्रमित थपिए
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




