{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586751935580","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586751935578","source":"other","origin":"gallery"}

टोकियो । हरेकदिन कोरोना भाईरसको संक्रमण बढिरहेको जापानमा,थप  एक जना नेपालीमा पनि संक्रमण पुष्टि भएको छ । यो संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या २ जना पुगेको छ ।

विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार, जापानको राजधानी टोकियोको ईकेबुकुरो स्थित रेस्टुरेन्ट व्यवसाय संचाल गर्दै आएका  व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनको संक्रमण पुस्टिका बारेमा केहि समय पछि राजदूतावासले पनि औपचारिक जानकारी गराउने बुझिन आएको छ । संक्रमित व्यक्तिको विवरण भने गोपनियता कायम राख्नुपर्ने भएकाले यहाँ उध्रित गर्न असमर्थ छौँ ।

२ हजार भन्दा बढी संक्रमित रहेको टोकियोमा जुनसुकै बेला जो सुकैमा पनि संक्रमण हुन सक्ने भएकाले अझै सतर्कता अप्नाउनुपर्ने देखिन्छ ।

यस अघि पनि ईबाराकी केनमा बस्दै आएकि एक नेपाली युवतीमा संक्रमण पुष्टी भएको थियो । उनको हाल उपचार भईरहेको छ ।

जापानभरीको कोरोना अपडेटका लागि केबल एक क्लिक गर्नुहोस

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार