{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586333680067","source":"picsart_share_screen","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586566794550"}

टोकियो । शुक्रवार जापानभर ६  सय ३२ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ ।

टोकियोमा हालसम्मकै, धेरै एकैदिन १ सय ८९ जनामा संक्रमण पुष्टिभएको छ भने,हिजोसम्म  संक्रमण नदेखिएको तोत्तोरी प्रान्तमापनि पहिलो पटक संक्रमण पुष्टि भएको छ । आज प्रमाणित संक्रमितहरुको संख्या सहित जापान भित्रै कोरोना संक्रमितहरुकोसंख्या ६ हजार ७१ पुगेको छ । यसका अलवा डाईनामिक क्रुजका यात्रीहरु ७ सय २१ जना संक्रमित रहेका छन् । यो दुबै जोड्दा भनेजापानभर हालसम्मको संक्रमितहरुको संख्या ६ हजार ७ सय ९२ जना पुगेको छ ।  त्यस्तै, संक्रमितहरु मध्ये १३० जना भन्दा बढीकोमृत्यु भईसकेको छ भने १३ जनाभन्दा बढी बिरामी भने निको भएर घर फर्केका छन् ।

पछिल्ला केहि सातादेखि निरन्तर संक्रमण दोहोरो अंकले बढ्न थालेपछि, जापानको केन्द्रिय सरकारले  टोकियो लगायतका विभिन्न७ प्रान्तमा आपतकालिन् अवस्थाको घोषणा गरेको छ । यसका अलवा आजबाटै कार्यन्वयन हुनेगरि, आईची प्रान्त सरकारले, आईची प्रान्तमा पनि आपतकाल घोषणा गरेको छ ।

आपत घोषणा गरि मानिसहरुको सामाजिक दुरी घटाउने प्रयास गरिएता पनि यसको प्रभाव देखिन केहि साता लाग्ने विज्ञहरुकोभनाई छ ।

टोकियोमा शुक्रवार १८५ जनाभन्दा बढिमा कोरोना संक्रमण, संक्रमणको संत्रास बढ्दो( अपडेट)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार