
टोकियो । सोमबार जापानभर, ७२ जनामा कोरोना भाईरसको नयाँ संक्रमित पुष्टी भएको छ । भएकोछ । यो संगै जापानभित्रै कोरोना संक्रमित हुनेहरुको संख्या १९६५ पुगेको छ ।
सोमबार पनि टोकियोमा १३ जनामा कोरोना भाईरसको नयाँ संक्रमण भेटिएको छ । यो संख्यासंगैटोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ४ सय ४३ जना पुगेको छ । यस मध्येमा ४० जना निको भएरघर फर्केका छन भने ८ जनाको निधन भएको छ । सोमबार राती ८ बजेसम्मको जानकारीमा ३८२ जनाहस्पिटलमा उपचाररत छन् । जसमा १५ जनका अवस्था गम्भिर रहेको छ ।
हेर्नुहोस् यो चित्रमा

क्योउतो सान्ग्यो विश्वविद्यालयमा अध्यायनरत ९ जना विद्यार्थीहरुमा कोरोना भाईरसको संक्रमणपुष्टी भएको छ । सोहि विश्वविद्यालयमा अध्यायनरत १३ जनामा संक्रमण पुष्टी भएको छ ।
दिक्षान्त समारोहमा जम्मा हुँदा, यो धेरै व्यक्तिहरुमा संक्रमण भएको हुनसक्ने आशंक्का गरिएको छ । बिदेश भ्रमणमा गएकाविद्यार्थीहरु लगायतका कारण एकै ठाउँमा ठूलो संख्यामा संक्रमण भेटिएको हुनसक्ने अनुमान गरिएको छ ।
कान्साई टेलिभिजनले जनाए अनुसार, वाखायामा प्रान्तमा बस्ने संक्रमित एक विद्यार्थी गत २१ तारिख भएको दिक्षान्त समारोहमासहभागी थिए । यस्ले अझ त्यहाँ धेरै व्यक्तिहरुमा संक्रमण रहेको हुनसक्ने आशंका बढाईदिएको छ ।
लोकप्रिय जापानी हाँस्यकलाकार सिमुरा केनको कोरोनाको कारण निधन
जापानमा कोरोना संक्रमण बढ्दो, आईतबार टोकियोमा मात्रै ६८ जनामा पुष्टी( अपडेट)
अझै आपतकालिन अवस्थामा पुगेको छैन – टोकियो गभर्नर कोईके
सोमबार, टोकियोमा बढ्दो कोरोना भाईरसको संक्रमण तथा त्यसको रोकथामका लागि भईरहेका प्रयासहरुबारे जानकारी गराउनेउद्देश्यले टोकियो महानगरकी गभर्नर युरिको कोईकेले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिन् । दिनप्रतिदिन संक्रमितहरुबढिरहेको, सार्वजनिक सवारी साधनहरुको वाध्यात्मक प्रयोग गर्नुपर्ने अवस्था रहेकाले टोकियोलाई तत्काल स्वास्थ्य आपातकालघोषणा गरि, बाहिर हिँडडुलमा प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको भएपनि, अझै त्यस्तो आपत्कालीन अवश्था सिर्जना नभएकोभन्दै, कोईकेले आम मानिसहरुलाई आफैँ सजग रहन आग्रह दोहोर्याईन् । उनले महानगरवासीहरुलाई रात्रीकालिन क्लव तथाखाराओकेहरुमा नजान आग्रह गर्दै केहि समय भिडभाड नियन्त्रणमा योगदान दिँदै अत्यावश्यक काम बाहेक बाहिर भिजभाडमाननिस्किन अनुरोध गरिन् । साथै शंका लागेमा सरकारले निर्धारण गरेका कोरोना परामर्शकेन्द्रहरुमा सम्पर्क गरि परामर्श लिईआवाश्यक प्रकृया अगाडि बढाउन पनि सुझाव दिईन् ।
यस्तो सोमबार विभिन्न प्रान्तहरुमा देखिएको संक्रमण संख्या

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




