
टोकियो । टोकियोमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै शनिबार राती ९ बजेसम्मको तथ्यांक अनुसार ३६२ जना पुगेको छ ।
शनिबार एकैदिन जापानमा २०८ जना संक्रमितहरु पुष्टि भएको छ । शनिबार थपिएको नयाँ संक्रमितहरुको संख्याले टोकियो तथा चिवा प्रान्तमा विशेष खतराको संकेत गरेको छ । एकैदिन टोकियोमा ६३ जना, चिबामा ५८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमणको क्रम जापानभरी नै फैलिरहेता पनि, पछिल्ला दिनमा टोकियो, चिवा, खानागावा, साईतामा तथा ओसाकामा तुलनात्मक तीव्र देखिएको छ । र ति स्थानहरुमा सरकारले आम नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन तथा सुरक्षा अप्नाउन आग्रह गरेको छ ।
शनिबार सम्म जापानभर संक्रमितहरुको संख्या २४ सय ३४ जना पुगेको छ । जसमा जापान भित्रै संक्रमण भएका १७ सय ८, चाईनाबाट चाटर्ड गरि ल्याएकाहरुमा १४ र डाईनामिक क्रुजका यात्रीहरु ७ सय १२ जना रहेका छन् । यसमा ६५ जनाको निधन भएको छ भने , १ हजार ७ जना स्वास्थ्य लाभ गरि घर फर्केका छन् ।
यो चार्टमा पनि हेर्न सक्नुहुनेछ ।

। शनिबार ह्वात्तै बढेको संक्रमणको संख्यासंगै प्रधानमंत्री सिन्जो आवेले पत्रकार सम्मेलन गरि,यो संक्रमणलाई जित्न हर सम्भव प्रयास गरिरहेको र गर्ने प्रतिवद्धता देर्याए । तत्कालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन तथा सुरक्षाका उपायहरु अप्नाउन आम जनतामा आह्वान गरे । शनिबार सम्म तपाई बसेको प्रान्तहरुमा संक्रमणको संख्या कस्तो छ त ? हेरौँ यो तस्बिरमा

स्रोत: निप्पोनडटकम
टोकियो तथा चिवामा पछिल्ला दिनमा पुष्टी भएका संक्रमितहरु हस्पिटल तथा नर्सिंङहोमहरु अधिक देखिएका छन् । यसका अलवा उमेर संख्यामाका आधारमा हेर्ने हो भने पनि सबै उमेर समुहका मानिसहरुमा संक्रमण देखिएको छ । १० वर्ष, २० वर्ष, ३० वर्ष, ४० वर्ष, ५० वर्ष,६० वर्ष,७० वर्ष तथा ८० वर्षसम्म सबै उमेर समुहका मानिसहरु संक्रमित भएका छन् । यो मध्ये अधिक ६० देखि माथि उमेर समहुका रहेका छन् ।
हालसम्म नेपाली समुदायका कोहि पनि संक्रमित भएका छैनन् । अझै सुरक्षा अप्नाऔँ, आफु र आफ्नो समुदाय प्रति जिम्मेवार बनौँ ।
थप अपडेटका लागि हामीलाई हेर्दैगर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




