टोकियो । टोकियोमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै शनिबार अपरान्ह ४ बजेसम्ममा ३५० जना भन्दा बढी भएको  छ ।

शनिबार एकैदिनमा ६० भन्दाबढी नयाँ संक्रमितहरु पुष्टि भएको  छ । शनिबार थपिएको नयाँ संक्रमितहरुको संख्याले टोकियोमा खतराको घण्टी बजाएको छ । यद्यपी स्थानीय सरकार भने तत्काल लकडाउन गराउने या अन्य प्रभावकारी निर्णय गर्नसक्ने स्थितिमा देखिँदैन ।

जापानको वर्तमान संक्रमणको अवस्थाप्रति जापानवासी नेपाली समुदायमा चिन्ता र संत्रास छाएको छ । केहि कम्पनीहरुले ( अनलाईन काम गर्न मिल्ने) हरुले घरबाटै काम गराउन थाले पनि अझै ८५ प्रतिशतभन्दा बढी कम्पनीहरु नियमित संचालनको अवस्थामा छन् ,  जहाँ टेलिवर्क सम्भव छैन । जापानमा रहेका ९० प्रतिशत नेपाली समुदायको पेशा, व्यवसाय टेलिवर्क सम्भव नहुने खालको छ । परिणाम स्वरुप नेपाली समुदायका जानकारहरुले चिन्ता सहित आ-आफ्नोस्थानबाट सक्दो सुरक्षा अप्नाउन सामाजिक संजाल मार्फत सुझाएका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार