A KDDI Corp. employee walks past the company's logo displayed on a screen prior to a news conference in Tokyo, Japan, on Thursday, Apr. 5, 2018. Photographer: Akio Kon/Bloomberg

टोकियो । अत्याधुनिक मोबाईल फोन सेवा ५ जिको व्यवसायिक सेवामा सामाजिक संजाल फेसबुक र केडिडिआई कर्पोरेसन ( जापानमा एयु तथा युक्यु मोबाईल सेवा प्रदायक) बीच सहकार्य हुने भएको छ ।

फेसबुक र केडिडिआईले यस सहकार्यबाट, मोबाईलफोन प्रयोग कर्ताहरुमा,विक्रि तथा सेवा अभिवृद्धि गराउने लक्ष लिएका छन् । स्रोतका अनुसार, यि दुई कम्पनीहरुले ५ जि प्रविधिबाट प्राप्त हुने ठूला साईजका डाटाहरु आदान-प्रदानमा सहजीकरणको फाईदा उठाउँदै व्यवसायिक लाभ लिन सकिने भएकाले यस्तो तयारी गरिएको हो ।
फेसबुक तथा केडिडिआईले, जापानमा जनवरी सम्ममा ५जि सेवाको अनुभव लिन सकिने स्टोर खोल्ने तयारी गरेको छ ।
जापानका ठूला मोबाईल फोन सेवाप्रदायक कम्पनीमा पर्ने केडिडिआई र सफ्टबैंकले आगमि मार्चदेखि ५ जि सेवाको सुरुगर्ने बताईएको छ । त्यस्तै अर्को मोबाई सेवा प्रदायक एनटिटिले पनि सोहि समयबाट ५ जि सेवा गर्ने बताएको छ ।

अमेरिका, चाईना तथा दक्षिण कोरिया लगायतका मुलुकहरुमा भने ५ जि सेवा सुरु भईसकेका छन् । ५ जि प्रविधिमा हाल प्रयोग भईरहेको ४ जिको तुलनामा सय गुणा द्रुतगतिमा ईन्टरनेट डाटाहरु चलाउन सकिनेछ ।

स्रोत: जापानी समाचार संस्थाहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार