सेप्टेम्बर १०,टोकियो । गैरआवासीय नेपाली संघ जापानका नवनिर्वाचित कार्यसमिति ( २०१९-२०२१) लाई आज, सपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिने भएको छ ।

गत आईतबार भएको निर्वाचनबाट साविकका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति तय भएको हो । केहि पदहरु सर्वसहमतीमा मनोनित भएता पनि, अध्यक्ष, वरिष्ठ उपाध्य,महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक तथा सदस्य लगायतका पदहरुमा कडा प्रतिस्पर्धा सहितको निर्वाचन भएको थियो ।

निर्वाचन तथा सर्वसहमतीमा चुनिएका पदाधिकारीहरुलाई आजबाट, सन २०१९-२१ कार्यकालको पदभार ग्रहण गराउन लागिएको हो । कार्यक्रम दिउँसो ३ बजेबाट साँझ ६ बजेसम्म। टोकियोको  सिन्जुकुस्थित 新宿区西新宿1-14-11
DAIWA 西新宿ビル (SHINJUKU KU NISHI SHINJUKU 1-14-11
DAIWA NISHI SHINJUKU BULDING
PHONE NUMBER 03-5909-7320) हुने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार