टोकियो । दुई वर्षअघि प्रदर्शन भएको चलचित्र जात्राको सिक्वेलका रूपमा प्रस्तुत चलचित्र – जात्रै जात्रा’  जापानको चिबामा पनि प्रदर्शन हुने भएको छ ।

जापानको टोकियोमा यस अघिनै प्रदर्शन भईसकेको चलचित्र आगमी १० तारिख, चिबाको फुनाबासीमा प्रदर्शन गर्न लागिएको हो ।  टुकि ईन्टरटेन्टमेन्ट तथा जेनिथ रेमिटको प्रस्तुतीमा चिबामा बसोबास गर्ने नेपाली चलचित्र प्रेमीहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यले जात्रै जात्राको प्रदर्शन गर्न लागिएको हो । फुनाबासी स्टेशन नजिकै रहेको फुनाबासी शि किनरो सिमिन सेन्टरको हलमा प्रदर्शन हुने जात्रै जात्राका लागि दर्शकहरुको उत्साह जनक प्रतिक्षा देखिएको आयोजकले बताएका छन् । अपेक्षाकृत टिकट बिक्री भईरहेको बताउँदै, चिबावासी नेपालीहरु यदि कोहि हेर्न चाहनुहुन्छ र टिकट लिनुभएको छैन भने , निम्म नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । 080-4144-99551080-4374-52971080-4830-3588080-4145-99551090-7180-2863 080-4064-8758

यहि सेप्टेम्बर १० तारिख मंगलबार प्रदर्शन हुने चलचित्र साँझ ६ बजेबाट सुरु हुनेछ । चलचित्र प्रेमीहरुले अत्यन्तै रुचाएको चलचित्र जात्रा  जुन बिन्दुमा पुगेर टुंगिएको थियो, जात्रै जात्राको कथा ठीक त्यहींबाट प्रारम्भ हुन्छ । यो  हास्य प्रधान चलचित्रले दर्शकहरूलाई यसरी बाँधेर राख्छ कि चलचित्र हेरुञ्जेल दर्शकले अरू कुरा सोच्नै भ्याउँदैनन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार