टोकियो । गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०१९-२१)कालागि वर्तमान उपाध्यक्ष शिवप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

कास्की पोखरा समाज जापानका पूर्व अध्यक्ष समेत रहेका पौडेलले एनआरएनएलाई जापानवासी नेपालीहरुको साझा संस्थाका रुपमा सबैमा अपनत्व महशुस गराउने प्रतिवद्धता सहित अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन् । सन २००८मा एनआरएनए जापानको सदस्यता लिएका पौडेलले कान्तो क्षेत्रीय समितिमा( २०१५–१७ )मा सल्लाहकार भए पश्चात( सन  २०१७–१९ )का लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । काँधमा आएको जिम्मेवारीलाई पहिलो प्राथमिकता दिने पौडेलले नयाँ नेतृत्व पाए संस्थालाई जापानवासी नेपालीहरुको अपनत्वका लागि सधै प्रतिवद्ध भएर काम गर्ने दावी गरेका छन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पौडेलले जापानवासी नेपालीहरुसामु आफ्नो प्रतिबद्धता जाहेर गर्दै आगामी कार्यकालका निम्ति योजनाहरु समेत सार्वजनिक गरेका छन् ।  पौडेलद्वारा, जारी प्रतिवद्दता जस्ताको त्यस्तै ।

आदरणीय जापानवासी आमा-बुवा, दाजु -भाई, दिदी-बहिनी तथा सम्पुर्ण मित्रहरुमा नमस्कार !

‘इमान्दार, समझदार र समाज प्रति जिम्मेवारी वहनका लागि लागि मेरो उम्मेदवारी’

एनआरएनए जापानले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय उपस्थिति र जिम्मेवारी बहन । आगामी कार्यकालका निम्ति मेरो योजनाहरु:

१. गैरआवासीय नेपाली संगठन जापानमा एक साधारण व्यक्ति पनि सहभागी हुन सक्छ भन्ने अपनत्व महसुस हुने संगठन निर्माणका निम्ति ।

२. जापानभारी रहेका राजनैतिक र सामाजिक संस्थासंग सुमधुर सम्बन्ध राखी हातेमालो गर्दै अगाडि बढ्न ।

३. क्षेत्रीय कमिटिसँग समन्वय गरि विभिन्न चेतनामुलक र सास्कृतिक गर्ने र कोष व्रिध्दिको निम्ती पहल गर्ने ।

४. नेपालि उत्पादन र सस्क्रीतीलाई जापानमा प्रवर्धन गर्न प्रयास गर्ने ।

५. नेपालमा पर्यटन क्षेत्रको विकाश गर्नको निम्ती जापानीलाई नेपाल भित्र्याउने अभियान चलाउने ।

६. युवाका लागी खेलकुद मा बिशेष पहल गर्नै छु ।

७. विद्यार्थी, कुक र व्यवसायीका समस्यालाई बुझेर समाधान तर्फ अग्रणी भूमिका निभाउने

८.जापानमा रहेका नेपाली समुदायमा त्यति चर्चा नभएको र एकदमै महत्वपूर्ण ठूलो विषय हो नेपाल र जापानबिच सामाजिक सुरक्षा सम्झौताको विषय । यसमा पहल गरेर नतिजा निकाल्न सकियो भने जापानमा लामो समय काम गरेर स्वदेश फर्कनुहुने नेपालीहरुले पेन्सनको रुपमा नियमीत उपदान रकम पाउनसक्नुहुन्छ । तर यसको लागि नेपालले पहल गर्नु आवश्यक छ । त्यसको लागि एनआरएनए जापानले अब पहलकदमी लिनेछ ।
यो सम्झौता भएमा जापानमा १० बर्षभन्दा बढी समय काम गरेका नेपालीहरुले नेपाल फर्केपनि आजिवन उपदान पाउँनेछन् ।

९.नेपालको राष्ट्रियता, राष्ट्रिय पहिचान, धर्म, संस्कृती र एकता प्रवद्र्धनको लागि ठोस कार्यक्रम अत्यावश्यक भईसकेको ले बढावादिनकोलागि बिषेस पहल गरिने।

१०) बिभिन्न घटना क्रमले गर्दा एकल महिला तथा ब्रिद्द हरु समेत बड्दैजाने क्रममा रहेकोले यस्ता नेपाली हरुलाइ राजदुताबास मार्फ़त प्रराष्टमन्रालय मार्फ़त बिषेस पहल गरिने।

सहयोग र साथको अपेक्षा राख्दछु । धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार