नागोया । एनआरएनए जापान क्षेत्रीय समिति तोकाई (नागोया)का वर्तमान सचीव तथा धादिङ समाज जापानका सल्लाहकार श्याम शितलले  एनआरएनए जापान क्षेत्रीय समिति  तोकाई (नागोया)को संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल देखिनै सामाजिक  सेवामा सकृय रहदै आएका  श्याम शितल हाल  जापानको नागोयामा  बस्दै आएका छन् । सितल नागोयामा पनि विभिन्न सामाजिक  सेवाहरूका साथ,गीतसंगीतको  क्षेत्रमा कृयाशील छन् ।  उनि, नागोया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि परदेशमा आईपर्ने विविध समस्याहरू समाधानमा सकृय रहदै आएका छन् ।

सितलले, आफुले सचिबको भूमिकामा रहेर, जिम्मेवारी पुर्वक काम गरिसकेको र थप जिम्मेवारी बहन गर्दै, तोकाई क्षेत्रलाई नै संयोजन गरी,एनआरएनएको मुल मर्मलाई आत्मसाथ गर्दै प्रवासमा रहेका नेपालीहरुको हक/ हितका लागि अझ सकृय भएर काम गर्न चाहेको र त्यसैका लागि संयोजक पदको दावेदारी प्रस्तुत गरेको बताएका छन् ।

साथै, तोकाई( नागोया) क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई/ दिदीबहिनीहरुले आफूलाई साथ दिनेमा विश्वस्त रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार