टोकियो । एन आर एन  जापान, कान्तो क्षेत्र निर्वाचन (२०१९-२०२१)समितिले निर्वाचन सम्बन्धि आचारसंहिता प्रकाशित गरेको छ ।

३ तारिख, बुधवार समितीका संयोजक शालिकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सम्बन्धि आचारसंहिता प्रकाशित गरेको हो । आचारसंहिता यस
यस प्रकार छ।

१-निर्वाचन तालिका:
(क) निर्वाचन हुने पदहरु, संख्या र शुल्क
पद संख्या शुल्क
१-संयोजक १ ५०००० एन
२- उप संयोजक ३ ४०००० एन(१ महिला अनिवार्य )
३- सचिब १ ३०००० एन
५-कोषाध्यक्ष १ ३०००० एन
४- सह-सचिब २ २५००० एन
६-सह- कोषाध्यक्ष १ २५००० एन
६-सदस्य ६ २०००० एन

२- उम्मेद्वारी दर्ता:
२०१९-७-१३ तारीक शनिवार (बिहान ११:००- साँझ ५:००सम्म)

३- २०१९-७-१४ उम्मेदवारी छानबीन तथा सोधखोज प्रकृया।

४-२०१९-७-१५ मा नामावली प्रकाशन

५-२०१९-७-१६ दाबी बिरोध
(बिहान ११:००-दिउसो २:०० सम्म)

६-२०१९-७-१७ उम्मेदवारी फिर्ता
(बिहान ११:००- दिउसो २:०० सम्म)

७-२०१९-७-१७ अन्तिम नामावली प्रकाशन।

८- निर् गर्नु परेको अबस्थामा निर्वाचन समितीले अनुकुल परिस्थिति हेरी निर्वाचन मिती तय गर्ने छ।
९-तोकिएको पद संख्या भन्दा बढि उम्मेदबारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन हुने छ।
१०-उम्मेदवारी परेका सम्पुर्ण पदहरुको टुङ्गो नलागे सम्म निर्विरोध अथवा सहमति भएका बिजयी उम्मेदवारहरुको नामावली पनि घोषणा गरीने छैन।
११-उम्मेदवार एन आर एन जापानको पंजीकृत सदस्य हुनु पर्ने छ।
१२-उम्मेदबारी दर्ताको समयमा उम्मेदवार स्वयं उपस्थित भै उम्मीदवारी दर्ता गर्नु पर्ने छ।
१३-उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने समयमा एन आर एन जापानको सदस्यता लिएको १ जना प्रस्ताबक र २ जना समर्थक सहित निजहरुको सम्पर्क नंबर र ठेगाना पनि पेश गर्नु पर्ने छ।
१४- तोकिएको दर्ता शुल्क बुझाए पछि मात्र उम्मेदवारी दर्ता गर्न सकिने छ।
१५-उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवारको साथमा प्रस्ताबक र समर्थक बाहेक अन्य जो कोहि उपस्थित हुन पाउने छैन।
१६-उम्मेदवारी दर्ताको समयमा उम्मेदवार,प्रस्ताबक र समर्थक जो कोहिले अबाञ्छनिय गतिविधि प्रस्तुत गरेमा अथवा देखाएमा उम्मेदवारी दर्ता लिईने छैन।
१७-तोकिएको समय भन्दा बाहेक उम्मेदवारी दर्ता लगायतका कुनै पनि प्रकृया सञ्चालन गरिने छैन।
१८-उम्मेदवारी दर्ताको समयमा उम्मेदवारले आवेदन फारम सहित परिचय खुल्ने काग़ज़ातको साथमा २ प्रति पासपोर्ट साइजको फ़ोटो पेश गर्नु पर्ने छ।
१९-उल्लेखित समय अबधिमा उम्मेदवारी फिर्ता गरेको खण्डमा दर्ता रकम सतप्रतिशत फिर्ता गरिने छ।अन्यथा यो नियम लागु हुने छैन।
२०- निर्वाचन सम्बन्धमा कुनै जानकारी चाहिएको खण्डमा निर्वाचन समितीका सदस्यहरु सँग सम्पर्क राख्न सकिने छ।
२१-निर्वाचन समिततीले निर्वाचन परिणाम घोषणा गर्ने छ। साथै सोहि अबसरमा निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सफत ग्रहण गराइ पदभार सुम्पने छ।
२२- पंञ्जीकृत सदस्य स्वयंमले मतदानमा भाग लिनु पर्ने छ।सट्टा मतदानको ब्यबस्था गरिएको छैन।
२३-उम्मेदवारी दर्ता गर्ने स्थान:
新宿区百人町1-15-19 3F(सिन्ज्युकु कु,ह्याकुनिन च्यो)
२४-अधिबेशन हुने स्थान:
杉並区立産業商工会館
杉並区阿佐谷南3-2-19
सुगिनामी कुरीचु,सान्ग्यो स्योउकोउ खाइगान
सुगीनामी कु,आसागाया,मिनामी ३-२-१९
२५-अनुगमनको लागि एन आर एन समन्वय समितीले बढिमा ३ जना प्रतिनिधि पठाउन सक्ने छ।
२६-निर्वाचन प्रकृयाको समयमा कुनै पनि जटिलता सृर्जना भएको खण्डमा निर्वाचन समितीले गरेको निर्णय नै अन्तिम निर्णय हुने छ।
निर्बाचनलाइ शान्त,निष्पक्ष र उत्साह पुर्बक सु:सम्पन्न गर्न सहयोग गर्नुहुनको लागि संम्बन्धित सबैमा निर्वाचन समिती हार्दिक अनुरोध गर्दछ।
निर्वाचन संयोजक
एन आर एन जापान
कान्तो क्षेत्र

सम्पर्कको लागि:
१-शालिक राम भण्डारी (संयोजक) ०९०-९८००-८०५५
२-बिजय थकाली (सदस्य) ०९०-३५९५-१०६२
३-विकास श्रेष्ठ (सदस्य) ०८०-११६६-४६५४
४-टिकाराम खरेल(सदस्य) ०८०-४१७१-४९०६
५-बिश्वेश्वर रेग्मी(सदस्य ) ०९०-९८११-६२२६


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार