राजन गौतम्/ टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयेजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेप्टेम्बर १९ तारिकका दिन साईतानाकेन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिता संचालनको लागि  नेपाल भलिबल संग जापान शाखाका अध्यक्ष नबिन गूरूङको संयोजकत्वमा बिभिन्न उपसमिति सहितको मुल आयोजक समितिको गठन गरिएको छ ।  जापान साखा द्वरा दोश्रो पटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा प्रथम हुने टिमको लागि जापानी येन  ३ लाख १० हज़ार नगद पदक र प्रमाणपत्र, द्वितिय हुने टिमको लागि २  लाख १० हज़ार नगद पदक र प्रमाणपत्रका साथै उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई बिभिन्न बिधामा पुरस्कृत गरिने छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको माध्यमबाट जापान भित्र रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउँदै सदभाब र भाईचारा बिस्तार गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको यस प्रतियोगिता सफल बनाउनको लागि खेलाडी, खेलप्रेमी,जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजक संस्थाले आर्थिक,  नैतिक र भौतिक सहयोगका लागी अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार