टोकियो । कुटपिटमा संलग्न रहेको अभियोगमा, टोकियोमा १ महिला सहित ४ जना नेपाली पक्राउ परेका छन् ।

उनिहरुले अघिल्लो महिनाको ५ तारिख राती टोकियोको सिन्जुकुकु को ह्याकुनिन्च्यो स्थित बोटोमा एक १९ वर्षिय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको बताईएको छ ।

२७ वर्षिय दिलिप लामा तथा सुनिता शाही संगै अन्य २ जनालाई पनि पक्राउ गरिएको बताईएको छ । टोकियो महानगरिय प्रहरीका अनुसार, घाईतेलाई त्यसका अलावा अन्य गम्भिर चोटपटक पनि लागेको छ ।
पक्राउ परेका मध्ये लामा टोकियो ब्रदर नामक ग्रुपसंग आबद्द रहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार