टोकियो ।जापानका हस्पिटलहरुमा पनि मेडिकल दुर्घटना बढेको एक अध्यायन देखाएको छ ।
उक्त अध्यायनका अनुसार, त्यस्ता, दुर्घटनाहरु सन २०१८ मा हालसम्मकै उच्च ४ हजार ५ सय ६५ रेकर्ड भएका छन् । यो संख्या अघिल्लो वर्ष रेकर्ड भएको भन्दा, ४ सय ७० ले बृद्धि भएको हो ।

गुणस्तरीय स्वास्थ्य परिषद जापानले सन २००५ देखि संकलन गर्दै आएको तथ्यांक्ककोहरुको अध्यायनका आधारमा हेर्ने हो भने, जापानमा मेडिकल दुर्घटनाहरु दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
यस्ता दुर्घटनाहरु चाहीँ- गलत उपचार, उपचारमा हेलचेक्रयाईँ , उपचारमा ढिलाई, असम्बन्धित औषधीको प्रयोग आदि रहेका छन् । जसको परिणाम स्वरुप बिरामीहरुको मृत्यु तथा दिर्घकालिन अपांगता हुने लगायतका समस्याहरु बढ्ने गरेको छ ।
सन २०१८ मा रेकर्ड भएका ४ हजार ३० घटनाहरुमध्ये ९० प्रतिशत सरकारी तथा विश्वविद्यालयहरुद्वारा संचालित हस्पिटलहरुमा यस्ता घटनाहरु हुने गरेको देखिएको छ ।
अध्यायनका अनुसार, यस्ता दुर्घटनाका कारण रेकर्ड भएको ४ हजार ३० दुर्घटनामा ७.३ प्रतिशतको मृत्यु भएको छ भने १०.६ प्रतिशत दिर्घकालिन अपांगताको सम्भावना देखिएको छ । बाँकीमा निको हुन लामो समय लाग्ने तथा बारम्बार बल्झिरने समस्या देखिएको बताईएको छ । यस्ता घटनाहरु कान्तो क्षेत्रमा सबैभन्दा बढी र होक्काईदोमा सबैभन्दा कम भएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार