टोकियो/ राजन गौतम । जापानमा हुनुहुन्छ भने अवश्य तपाईले याद गर्नुभएको होला कि, जापानमा देखिने/ भेटिने मुर्तीहरु नेपालमा भेटिने भन्दा फरक हुन्छन् । त्यसो त यो बुद्दिष्टहरुको बाहुल्यता भएको मुलुक भएकाले त्यस्तो भएको हो भन्ने लाग्न पनि सक्दछ तर त्यो सत्य होइन किनकि नेपालको बुद्ध मन्दिरहरुमा भेटिने र यहाँ भेटिने मुर्तिहरुमा पनि खासै समानता भेटिदैन । त्यसैले सायद तपाईलाई संधै देखिइरहेता पनि जापानी मुर्तिहरुको नाम थाह नहुन पनि सक्छ । तर पिर नमान्नुहोस् आज हामी तपाईलाई जापामा भेटिने मुख्य – मुख्य मुर्तिका नाम र त्यसको बारेमा जानकारी गराउने छौँ ।
जिजो ( 地蔵)


यसलाई यात्रीहरुको अभिवाकका रुपमा वर्णन गर्ने गरिन्छ । यस्ता प्रतिमाहरु, मुख्यत: सडकको छेउछाउहरुमा अधिक राखिएको पाइन्छ । जो बोद्धीसत्त प्राप्त,बौद्ध भिक्षु,क्षितिगर्भको प्रतिककोरुपमा लिने गरिन्छ । क्षितिगर्भलाई,मृतआत्महरुको तथा बच्चाहरुको रक्षकका रुपमा चित्रित गरेको भेटिन्छ । विशेष गरी क्षितिगर्भको सम्बन्ध, शिसु तथा गर्भमै रहेको बच्चासंग हुने गर्दछ । यो नाम संस्कृतबाट बनेको छ । जिजोका प्रतिकहरु मृत बालकहरुको चिहान नजिकै उनिहरुको आत्मको रक्षा तथा शान्तिको प्रार्थनाको लागि बनाइने गरिन्छ । जसलाई सम्बन्धित अभिभावकहरुले पैसा खर्च गरि बनाउने गर्दछन् । किनकि, भिक्षतिगर्भले मृत आत्महरुको रक्षा गर्ने जनविश्वास छ ।

भिडियो हेर्नुहोस्

कोमाइनु ( 狛犬)


यसलाई सिंह र कुकुरको संयुक्त प्रतिककोरुपमा लिने गरिन्छ । र यी मुर्तिहरु चाहिँ जापानी शिरिन तथा मन्दिरहरुको प्रवेश द्वारहरुमा राखिएको हुन्छ । यसले सुरक्षा तथा मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्ने विश्वास गरिन्छ । यसलाई चाहीँ, सर्वप्रथम चाइनाबाट, जापानको ओकिनवामा ल्याइएको र पछि जापानभर फैलिएको मानिन्छ । किंवदन्तीहरुका अनुसार यसलाई, २ सय बिसीमा हान वंशका शासकहरुले भित्र्याएको हो भनिन्छ । सामान्यत यस्ता प्रतिमाहरु चाहीँ एकै ठाउमा २ वटा हुने गर्दछन्, जहाँ एउटाको मुख खुल्ला हुन्छ भने अर्कोको बन्द । जसलाई, सुरुवात र अन्त्यको प्रतिकका रुपमा मान्ने गरिन्छ ।
बुद्धरुपा


यी मुर्तिहरु चाहीँ बुद्धत्व प्राप्त गरेका बौद्ध भिक्षुहरुको प्रतिक हो । जापानका धेरै मानिरहरु बौद्धमा आश्थावान छन् । त्यसैले, बुद्धत्वलाई प्रतिबिम्मन गरि, शान्तिको यात्रामा अघि बढ्ने प्रेरणा मिलोस भन्नका लागि यि मुत्र्तिहरुलाई राख्ने गरिएको भेटिन्छ ।
तानुकि( たぬき)


यो एक प्रकारको कुकुर वर्गमा पर्ने जनावरको प्रतिक हो । जसलाई रेस्कुन जातको कुकुर हो पनि भनिन्छ । तानुकिले,आगो तथा चोरीबाट सुरक्षा प्रदान गर्दछ भन्ने विश्वास गरिन्छ । जापानी समुदायमा जसरी आठ अंकलाई शुभलाभकोरुपमा लिइन्छ, त्यसैगरी तानुकिका प्रतिकहरु पनि झण्डै त्यस्तै देखिने खालको हृन्छ । अझ सुरक्षाको प्रतिकका रुपमा लिईने यस्ता मुर्तिहरुमा ति तानुकिहरुले कडा आवारण सहितको टोपी लगाएका हुन्छन् ।

मानेकि नेको ( 招き猫)


तपाई यदि कहिलै जापान आउनुभएको थियो या हाल जापानमा हुनुहुन्छ भने अवश्य कतै न कतै मानेकी नेको (बिरालो) लाई भेट्नुभएको छ । भलै नाम थाह नहुन सक्छ । मानेकि नेको (まねき猫)जस्लाई भाग्योदय को बिरालो(लक्कि क्याट) को रुपमा लिने गरिन्छ । हात हल्लाउँदै या बोलाउँदै गरेको जस्तो देखिने आकर्षक बिरालोको आकृति मानेकि नेको जापान लाई चिनाउने वस्तुको रुपमा स्थापित भएको छ । अझ भनौँ मानेकी नेकोको यो प्रतिमा(मुर्ति) देखेपछि जापानको मौलिकताको याद दिलाउँछ । मानेकि नेको(まねき猫)यसलाई शब्दस:अर्थ्याउँने हो भने,निमन्त्रणा दिने बिरालो(Beckoning Cat) का रुपमा बुझ्न सकिन्छ । किनकि मानेकि नेकोको प्रतिमाले एउटा अथवा दुईवटै पन्जा माथीतिर उठाएर ऊ भएतिर बोलाईरहेको आभास दिन्छ ।

मानेकि नेकोको प्रतिमा विशेषत सेरामिक बाट बनाईएको हुन्छ । यसका अलवा विभिन्न धातु,प्लास्टि तथा काठबाट बनाईएको पनि भेटिन्छ । जापानमा मामेकि नेको भेट्न त्यति मुस्किल भने पर्दैन । तपाईले मानेकि नेकोलाई जापानी मन्दिर परिसर,रेस्टुरेन्ट,गेम सेन्टर, उपहार पसल, ब्युटि पार्लर तथा अन्य व्यवसायिक परिसरहरुमा सहजै देख्न सक्नुहुनेछ । हिजो आज त बिस्तारै हात हल्लाउँदै बोलाईरहेका यन्त्र मानेकी नेकोहरु पनि प्रशस्त भेटिन्छन् ।मानेकि जापानको मौलिक परिचय त हो नै तर जापानमा पनि यसको प्रयोगको सुरुवात पहिला टोकियोमा भयो कि ओसाकामा भन्ने विवाद भने कायम रहेको भेटिन्छ । त्यसैले मानेकि नेकोको उत्पत्ति कहाँ भएको हो भनेर निश्चित भने छैन । तर सामान्यत :यस्लाई यदो पिरियडको अन्तिमतिर पहिलो पटक देखिएको भन्नेमा चाहीँ धेरैको सहमती देखिन्छ । हिजोआज तपाईले धेरै प्रकारका मानेकि नेकोहरु देख्न सक्नुहुनेछ । मानेकि नेकोलाई विभिन्न साझसज्जामा राखिएको भेटिन्छ ।

घाँटीमा सानो घण्टी सहितको रंगिन रिबन,छातिसम्म ढाकिने रुमाल जस्तो आकर्षक कपडा,थैली,जेम्सस्टोन लगायत समृद्दी र भाग्यसँग जोडिएका विविध रंग तथा आकृतीहरु मानेकि नेकोको आधारभुत श्रृंगार हुन् । झट्ट हेर्दा अहिले पनि त्यो एदो पिरियडको साच्चिकै को मानेकी बिरालो नै हो कि भन्ने लाग्दछ । मानेकी नेकोले सामान्यतय कोबान(こばん) यानेकि विशेष ‘सुनको सिक्का’ समातेको प्रतिमा देखिन्छ, जुन एदो पिरियडमा प्रयोग गरिन्थ्यो । जुन सिक्का हालको विनिमयमा हेर्ने हो भने १ हजार डलर सम्म पर्दछ । यसका साथै कुनै कुनै सिक्कामा (千万両) लेखेको पनि भेटिन्छ । यो त्यो बखतको लागि एकदमै ठुलो रकम हो ।

मानेकि नेको सबै एउटै प्रकारका नभई कसैको दाहिने मात्र पञ्जा माथि उठेको कसैको देब्रे मात्र उठेको तथा कसैको दुबै उठेको भेटिन्छ । यसको पनि आ- आफ्नै महत्व र विश्वास रहेको छ ।
दाहिने हात उठेको – सम्पति तथा भाग्यको प्रतिक
देब्रे हात उठेको – ग्राहक आकर्षण
दुबै हात उठेको – सुरक्षा प्रदायक को रुपमा मान्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार