टोकियो । जोजोजी जापानको पुरानो बुद्धिष्ट मन्दिर हो । यो शताब्दीऔँ अगाडीका शासक तोकुगावा वंशको पालामा बनेको हो । त्यसैले पनि यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व त छँदैछ । यसका साथै यसलाई जापानको सबैभन्दा ठूलो र महत्वपूर्ण बुद्धिष्ट मन्दिरका रुपमा पनि मान्ने गरिन्छ । वास्तवमा जोजोजी जापानमा रहेका मन्दिरहरु मध्ये मुख्य मन्दिर हो । भनिन्छ यो मन्दिरसंग जापानको ६ सय वर्ष पुरानो ईतिहास जोडिएको छ ।

 

टोकियोको मुटु,हामामाचुमा रहेको यस मन्दिर,जापानीहरुको माझ त लोकप्रिय छ नै विदेशी पर्यटकहरुको लागि पनि उत्तिकै,आकर्षणको केन्द्रको रुपमा स्थापित छ । भनिन्छ यो मन्दिर सन १३९३ मा पत्ता लागेको हो । सन १५९० सम्म हालको स्थानमा पुनस्र्थापना गरिएको थिएन भनिन्छ । र यहाँ हालको ठाउँमा स्थानान्तरणसंगै यो तोकुगावा परिवारको पारिवारिक मन्दिरको रुपमा स्थापित हुन पुग्यो । जहाँ शासक तोकुगावाको परिवारले व्यक्तिगत पुजा आज तथा अन्य सांस्कृतिक कार्यहरु गर्ने स्थानका रुपमा उपयोग गर्न थाले । विशेष गरि जुदोसु बुद्धिष्ट संग सम्बन्धित गतिविधिहरु हुन थाल्यो । त्यतिखेर यो मन्दिरको कुल क्षेत्रपmल ८ लाख २६ हजार वर्गमिटर रहेको थियो । जहाँ तोकुगावाको कमिसन्ड क्याथड्रलका साथ ४८ वटा साना मन्दिर तथा स्कुलहरु रहेका थिए ।

यो मन्दिरको वास्तविक भवन भने दोश्रो विश्व युद्धको समयमा, नष्ट भएको थियो । भनिन्छ , त्यतिखेरको बचेको भाग भनेको मुलगेट मात्रै थियो । तर यसलाई पछि यति सुन्दर तरिकाले जिर्णोद्धार गएिको कि, अहिले त्यहि कला मुख्य आकर्षण बनेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार