काठमाडौं । स्टार नायिका नम्रता श्रेष्ठको आफ्नै लगानीमा रहेको चलचित्र ‘जाइरा’ शुक्रबारदेखि सोलो रिलिजमा प्रर्दशनमा आएको छ ।

आज शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ ।
जाइरामा नायिका नम्रता श्रेष्ठ भिन्न अवतारमा प्रस्तु्त भएकी छिन् । अहिलेसम्म लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी नम्रता यस चलचित्रमा भने एक्सन अवतारमा देखिने छिन् । चलचित्रमा उनले बक्सर खेलाडीको भूमिका निर्वाह गरेकी छिन् ।

आशुतोष श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

नम्रता श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रसन्न गोपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् । आशुतोष र निरज महर्जनले लेखेको यस चलचित्रलाई बाबु श्रेष्ठलले खिचेका हुन् । चलचित्रलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् ।

 

https://www.youtube.com/watch?v=-38jF3RAeE8


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार