असुरक्षित गर्भपतनले ज्यानै जोखिममा

काठमाडौं । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत छिन् । स्थायी घर मोरङ बताउने उनी हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छिन् । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेबाट एक हजार रुपियाँ तिरेर घरैमा...

काठमाडौँ उपत्यकालाई खुला तारमुक्त बनाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया सुरु हुने प्राधिकरणले जनाएको छ । एसियाली विकास बैङ्क ९एडीबी०को सहुलियतपूर्ण ऋणमार्पmत काठमाडौंँको रत्नपार्क र महाराजगञ्ज वितरण...

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नंम्वर ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र...

सेनामा भुँडेलाई अवसर कम

काठमाडौं । नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ । बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक...

रोग निको हुने भन्दै धर्म परिवर्तन

काठमाडौं । पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन् । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका...

बालगृहका नाममा ठगी धन्दा!

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठमाडौँमा कक्षा १० सम्म निः शुल्क अङ्ग्रेजी माध्यममा पढाई दिने । साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भउका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो । चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही...

के काठमाडौं भन्न लायक छ ?

काठमाडौं । मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ । राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान् । राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ । यस्तो लाग्नु स्वाभाविक नै हो । तर, यथार्थमा यस्तो छैन । शंखरापुरको साँखु चावाहिलबाट मात्रै सोढ १२ किलोमिटर पर्छ । दूरीका हिसाबले यसलाई खासै टाडा मान्न सकिँदैन । तर, त्यहाँ पुग्न घण्टौँ लाग्छ ।...

श्रीमती बलात्कारको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री ९नाम परिवर्तन० ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन) लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि...

२२ चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । चिकित्सकहरुले उपकूलपति डा। संगीता भण्डारीले बारम्बार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्ती, धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भएर काम...

‘बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र

काठमाडौं । सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरेपनि यो ‘समान्य परिचयपत्र’मै सीमित भएको छ । नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु र टोक्नु’...