कृष्ण बजगाँईको ‘दाइबुचु’ जापानमा लोकार्पण

टोकियो । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी  नियात्रासङ्ग्रह ‘दाइबुचु’ आईतबार टोकियोमा विमोचन गरिएको छ । ‘दाईबुचु’, आईतबार टोकियोको, सिनओकुबोमा आयोजित,  एक समारोहमा प्रा.  रामकुमार पाँडेले विमोचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा. पाडेले यात्रा र हाइकुको समिश्रणले बनेको ‘दाइबुचु’ जापानी साहित्यको हाइबुन शैलीमा लेखिएको बताउनुभयो  । विमोचित कृतिका बारेमा बोल्दै अनेसास जापानका पुर्व अध्यक्ष आलोक चालिसेले जापानको साहित्य र संस्कृति...

नेपाल जापान फुटबल संघको अधिवेशन सम्पन्न, १७ सदस्यीय कार्यसमिति गठन

टोकियो । नेपाल जापान फुट्बल संघको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पूर्व राष्ट्रिय खेलाडी बसन्त  गौचनको अध्यक्षतामा १७ कार्यसमिति चयन गरेको छ । आइतबार भएको  अधिवेशनबाट अध्यक्षमा बसन्त गौचन,बरिष्ट उपाध्य़  शिब खड़का, उपाध्यक्षहरूमा सचिन श्रेष्ठ,नमस्ते गुरुङ,सम्बोधन लामा,विशाल कार्की र महासचिवमा मनोज श्रेष्ठ ,सचिवमा पारस गुरुङ ,कोषाध्यक्षमा अखिल लामा,सह कोषाध्यक्षमा भरत थापा चयन भएका छन । सदस्यहरूमा सन्तोष पाण्डे,भुवन थापा,सागर कार्की ,सुबास...

मस्तिष्क पक्षघात भई उपचारत पराजुलीलाई पर्वत समाज जापानद्दारा सहयोग

टोकियो । जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीड़ित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानिपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुर्याउन पर्वत समाज जापानले संचालन गरेको सहयोग संकलन समितिले संकलन गरेको १ लाख रुपैयॉ पीड़ित परिवारलाई पठाईएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो । लामो समय देखि काठमाण्डौ बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराईरहनु भएको पराजुलीको दैनिक...

सेप्टेम्बर २८ र २९ मा हुने पहिलो गुन्मा नेपाल फेस्टिवलको तयारी तिब्र

गुन्मा, जापान । जापानको गुन्माकेनमा हुन लागेको पहिलो ‘नेपाल फेस्टिवल २०१९ गुन्मा’  भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ । नेपाल भ्रमणवर्ष २०२० को प्रचार सहित नेपालको संस्कृती, कला एवं भेषभुषालाई जापानीमाझ चिनाउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवललाई यहाँको ओईजुमी नगरपालिकाले सह -आयोजकको रुपमा सहकार्य गरेको छ । नगरपालिकाले सरकारी कार्यालयहरुमा...

जापानमा नयाँ आईफोन २० तारिखबाट बिक्रि गरिने, बुकिङ् खुल्ला

टोकियो । जापानका मूख्य तीन मोबाईल कम्पनीहरुले, आईफोनको नयाँ मोडल सेटहरु, यहि सेप्टेम्बर २० मा जापानमा बिक्री सुरु गर्ने तयारी गरेका छन् । दोकोमो,एयु,र सफ्टबैंकले आज १३ तारिखबाट बुकिङ् लिने बताएका छन् । यद्यपी यो केहि पसलहरुमा फरक पनि पर्न सक्दछ । यसपटकको बुकिङमा भने तिनवटै नयाँ मोडलहरुका लागि गर्न सकिने बताईएको छ । सफ्टबैंकले कर सहित ८९,२८० येनदेखि १८७,६८० येनसम्मको...

केरुङ–काठमाडौँ रेलमार्ग तत्काल चीनको प्राथमिकतामा नपर्ने

काठमाडौं । छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ । यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउने लक्ष्य राखेको भए पनि भौगोलिक विकटताका कारण देखाउँदै समय पछि धकेलेको हो । सो रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ...

बन्द भएको मलेसिया रोजगारी खुल्यो

काठमाडौं । लामो अन्योलतापछि अन्ततः मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो । बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले रातोपाटीलाई बताए । यो सँगै नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् । कामदार लैजाने...

सेप्टेम्बर १९ मा दोस्रो मैत्रीपूर्ण रनिङ भलिबल प्रतियोगिता हुने, टिम दर्ता सेप्टेम्बर १७ सम्म

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । यहि, सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा वितरण गरिने भएको छ ।नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङका अनुसार, उक्त प्रतियोगिताको टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर १७ को मध्यान्ह १२ बजेसम्म निर्धारण गरिएको छ...

एनआरएनए जापानको नवौँ कार्यसमितिद्वारा पदभार ग्रहण, समारोहमा यस्तो देखियो ( तस्बिर सहित)

टोकियो । गैरआवासीय नेपाली संघ जापानको नवौँ कार्यसमितिले पद तथा गोपनियताको सपथ संगै(२०१९ – २१ )को  कार्यभार ग्रहण गरेको छ । गत आईतबार, सम्पन्न निर्वाचनप्रकृयाबाट चयन भएका अध्यक्ष, देविलाल भण्डारीको नेतृत्वमा रहेको कार्यसमितिले मंगलबार टोकियोको सिन्जुकुमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा, सपथ लिँदै, कार्यभार ग्रहण गरेका हुन् । यसपटकको कार्यसमितिमा,अध्यक्ष देबिलाल भण्डारी, बरिष्ठ उपाध्यक्ष ,अनिता गुरुङ,उपाध्यक्ष लक्ष्मण बानिया ,नारायण खड्का,महिला...

एनआरएनए अध्यक्ष मनोनयन शुल्क, १० लाख रुपैँया, एनआरएनए धनाढ्यहरुको क्लब बन्न लागेको गुनासो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उम्मेदवारी मनोनयनमा शुल्क तोकेको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सकेसम्म कम उम्मेदवारी पार्ने योजनाका साथ अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बन्न अत्यधिक बढी शुल्क तोकिएको हो । अन्तराष्ट्रिय कार्यकारी सचिवालयको निर्णयसहितको सिफारिसका आधारमा निर्वाचन समितिले नवौं अन्तराष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार मनोनयन शुल्क निर्धारण गरेको छ । विभिन्न पदहरुका लागि आठौं महाधिवेशनभन्दा दोब्बर...